• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    कुम्भमेला स्नान गर्न गएका तिर्थालु सवार गाडी दुर्घटनामा रुपन्देहीका तीन जनाको मृत्यु

    • lumbinisanjal
    • २०८१ फाल्गुन ५, सोमबार १०:२४
    7.1K
    SHARES
    कुम्भमेला स्नान गर्न गएका तिर्थालु सवार गाडी दुर्घटनामा रुपन्देहीका तीन जनाको मृत्यु

    बुटवल, ५ फाल्गुन । रुपन्देहीको देवदहबाट भारतको कुम्भमेला स्नान गर्न गएका तिर्थालु सवार गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा देवदह नगरपालिका वडा नं ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीय दिपा खनाल र ४० वर्षिया गीता शर्मा रहेका छन्। कुम्भमेलाबाट फर्किँदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाइडरमा ठोक्किएर गाडी दुर्घटना भएको हो।दुर्घटनामा परी सवारी चालकसहित पाँच जना घाइते भएका छन्। देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले ३ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको बताए।

    उनले भने, ‘पूर्व वडाध्यक्ष पनि अर्को गाडीमा जानुभएको रहेछ। उहाँका अनुसार दुर्घटनामा मृत्यु भएकाहरुका बारेमा थाहा पाएको हौँ । अन्य कुरा बुझ्ने काम हुँदैछ।’ दुर्घटनामा घाइते हुनेहरूमा देवदह–९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र सवारी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले ३ जनाको मृत्यु भएको भारतीय प्रहरीले पुष्टि गरेको जानकारी दिए । घटनाको विस्तृत विवरण बुझ्ने काम भइरहेको उनले बताए ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन ५, सोमबार १०:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP