• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    पुस मसान्तभित्र विशेष महाधिवेशन गरिछाड्ने गगन थापाको घोषणा

    • lumbinisanjal
    • २०८२ पुष १८, शुक्रबार १८:४६
    1.8K
    SHARES
    पुस मसान्तभित्र विशेष महाधिवेशन गरिछाड्ने गगन थापाको घोषणा

    काठमाडौँ ,१८ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस मसान्तभित्र विशेष महाधिवेशन गरिछाड्ने बताएका छन् ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले पुस मसान्तभित्र विशेष महाधिवेशन हुने बताए ।

    तर, विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुने कि नगरी हुने भन्ने एक दुई दिनमा टुङ्गो लाग्ने महामन्त्री थापाले बताए ।

    ‘पुस मसान्तभित्र महाधिवेशन हुन्छ । केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुन्छ कि नगरी हुन्छ त्यो भने एक दुई दिनभित्र टुङ्गिन्छ,’ महामन्त्री थापाले भने ।

    उनले केन्द्रीय कार्यसमितिभन्दा विधान ठुलो भएको बताए । विधानको कार्यान्वयन गर्ने जिम्मेवारी केन्द्रीय कार्यसमितिको भएको उनको भनाइ छ । केन्द्रीय कार्यसमितिले नगरे केन्द्रीय कार्यालयको नेतृत्व गर्ने महामन्त्रीले गर्ने थापाले बताए । ‘धारा १७(२)को पालना गर्छु, गर्छाैँ ,’ महामन्त्री थापाले भने ।



    lumbinisanjal   
  • २०८२ पुष १८, शुक्रबार १८:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP