• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवल हस्पिटलको सामाजिक पहल : एकै दिन १०१ युनिट रगत संकलन

    • lumbinisanjal
    • २०८२ कार्तिक २८, शुक्रबार १९:५२
    2K
    SHARES
    बुटवल हस्पिटलको सामाजिक पहल : एकै दिन १०१ युनिट रगत संकलन

    बुटवल ,२८ कार्तिक । रगतको अभाव भइरहेका बेला बुटवल हस्पिटल प्रा.लि.ले बृहत् रक्तदान कार्यक्रम गरेको छ । विश्व मधुमेह दिवसको अवसर पारेर रक्त सञ्चार सेवा केन्द्रकाे प्राविधिक सहयाेगमा आयोजना गरिएकाे कार्यक्रममा १०१ युनिट रगत संकलन भएकाे अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद खनालले जानकारी दिनुभयो ।

    अस्पतालले वार्षिक २ पटक रक्तदान कार्यक्रम गर्ने याेजना भएकाे र रगतकाे अत्यधिक अभाव रहेकाे जानकारी पाएपछि आकस्मिक रुपमा रक्तदान कार्यक्रम आयाेजना गरिएकाे उहाँले जानकारी गराउनु भयाे ।

    रक्तदान कार्यक्रमको उद्घाटन गर्दै अस्पतालका अध्यक्ष चुन्नप्रसाद पौडेलले सामाजिक उत्तरदायित्व अन्तर्गत हस्पिटलले नियमित रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

    एक पोका रगतले बिरामीको ज्यान बचाउन सकिने भएकाले रक्तदान अत्यन्तै महत्वपूर्ण सामाजिक कार्य भएको उहाँको भनाइ थियो । कार्यक्रममा बुटवल हस्पिटल प्रा.लि.का उपाध्यक्ष ललितप्रसाद खरेल, सचिव मोहन प्रसाद पाण्डे, मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण प्रसाद खनाल, वरिष्ठ फिजिसियन डा. नन्दु प्रसाद पाठक, रक्तसञ्चार केन्द्रकी प्रमुख राधा शर्मा, स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान लगायतले रगतको महत्वबारे प्रकाश पार्नु भएकाे थियो ।

    कार्यक्रममा अस्पतालका चिकित्सक, कर्मचारी, बिरामीका आफन्त तथा शुभेच्छुकहरूले उत्साहपूर्वक रक्तदानमा सहभागिता जनाएका थिए । आजभन्दा २५ वर्षअघि स्थापना भएको बुटवल हस्पिटल प्रा.लि.मा हाल करिब ३ सय कर्मचारी कार्यरत छन् ।

    दक्ष जनशक्ति, अत्याधुनिक प्रविधियुक्त उपकरण तथा सुविधा सम्पन्न भौतिक संरचनाको संयोजनका कारण बिरामीहरूको उपचार सेवा प्रभावकारी र सहज बनेको अस्पतालले जनाएकाे छ ।



    lumbinisanjal   
  • २०८२ कार्तिक २८, शुक्रबार १९:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP