• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    सुसाइड नोट लेखेर अस्थाइन शिक्षिका खड्का, शिक्षा अधिकृत रावल पक्राउ

    • lumbinisanjal
    • २०८२ कार्तिक १२, बुधबार १६:०९
    3.4K
    SHARES
    सुसाइड नोट लेखेर अस्थाइन शिक्षिका खड्का, शिक्षा अधिकृत रावल पक्राउ

    डोटी , १२ कार्तिक । डोटीको पूर्वीचौकी गाउँपालिका–१ की २७ वर्षीया शिक्षिका जानकी खड्का आफ्नै घरनजिक झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।

    घटनासँग सम्बन्धित भन्दै शिक्षा समन्वय इकाई डोटीका शिक्षा अधिकृत गणेश रावललाई नियन्त्रणमा लिइएको छ। प्रहरीका अनुसार रावलमाथि आत्महत्या दुरुत्साहनको अभियोगमा अनुसन्धान अघि बढाइएको छ।

    घटनास्थलबाट रावलका नाममा लेखिएको सुसाइड नोट फेला परेपछि प्रहरी अनुसन्धान थप तीव्र बनाइएको जनाएको छ। मृतक खड्काको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ।

    खड्का बाजुराको बुढीगंगा नगरपालिका–५ स्थित भानोदय माध्यमिक विद्यालयमा कार्यरत थिइन्। उनले धनगढीको डिस्कभरी स्कुलमा अध्यापन गरेपछि शिक्षक सेवा आयोगमार्फत स्थायी नियुक्ति प्राप्त गरेकी थिइन्। प्रहरीका अनुसार मृतक अविवाहित थिइन् भने रावल विवाहित जीवनपछि सम्बन्धविच्छेद गरिसकेका व्यक्ति हुन्।



    lumbinisanjal   
  • २०८२ कार्तिक १२, बुधबार १६:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP