• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    स्वतन्त्र सांसद महावीर पनि विज्ञान प्रविधिमन्त्री बन्दै, सुधनसँगै शपथ

    • lumbinisanjal
    • २०८३ जेष्ठ २६, मंगलवार १२:५९
    442
    SHARES
    स्वतन्त्र सांसद महावीर पनि विज्ञान प्रविधिमन्त्री बन्दै, सुधनसँगै शपथ

    काठमाडौं,२६ जेठ । गृहमन्त्रीमा पुनः सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुन नियुक्त हुने भएका छन् ।

    आज दिउँसो ३ बजे दुवैजनालाई नियुक्ति गरेर राष्ट्रपति निवास सितलनिवासमा शपथ ग्रहण गराउने कार्यक्रम रहेको जनाइएको छ ।

    सुधन गुरुङ सम्पत्ति र सेयरको विषयमा विवादमा परेपछि राजीनामा दिएका थिए । त्यसपछि सरकारले बनाएको छानिबिन समितिले उनीमाथि अनुसन्धान गरेर मंगलबार नै सरकारले सो प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ । तर, प्रतिवेदन नै अध्ययन नगरी प्रधानमन्त्री बालेन्द्र शाहले गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्ने निर्णय लिएका हुन् ।

    त्यस्तै, सरकारले २५ वटा बाट घटाएर १८ वटा मन्त्रालय बनाउँदा सिर्जना गरेको विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा सो मन्त्रालय स्थापनाको माग गर्दै आएका स्वतन्त्र सांसद महावीर पुनलाई नै नियुक्त गर्ने निर्णय प्रधानमन्त्री शाहले लिएका हुन् । पुन निर्वाचन अघि सुशिला सरकारमा शिक्षामन्त्रीको रूपमा काम गरेका थिए ।

     



    lumbinisanjal   
  • २०८३ जेष्ठ २६, मंगलवार १२:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP