• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    बैंकिङ प्रणालीमा अत्याधिक पैसा थुप्रियो, राष्ट्र बैंकले ५० अर्ब खिच्दै

    • lumbinisanjal
    • २०८२ भाद्र १८, बुधबार १२:५३
    2.1K
    SHARES
    बैंकिङ प्रणालीमा अत्याधिक पैसा थुप्रियो, राष्ट्र बैंकले ५० अर्ब खिच्दै

    काठमाडौं,१८ भदौ । बैंकिङ प्रणालीमा अत्याधिक पैसा थुप्रिएको छ । पैसा अत्याधिक भएर बुधबार (आज) नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रिय बैंकले २५ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल मार्फत पैसा खिच्ने भएको हो ।

    राष्ट्र बैंले बुधबार खिचेको पैसाको साँवा तथा ब्याज असोज १२ गते दिने भएको छ । बोलकबोल गर्ने घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म गर्ने सकिने राष्ट्र बैंकले जनाएको छ ।

    बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

     



    lumbinisanjal   
  • २०८२ भाद्र १८, बुधबार १२:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP