• २०८३ जेष्ठ २५ | Mon, 08 Jun 2026
  • Dark Mode

          Subscribe

    थप उपचारका लागि आज सिंगापुर जाँदै देउवा दम्पती

    • lumbinisanjal
    • २०८२ कार्तिक १०, सोमबार ११:३२
    1.8K
    SHARES
    थप उपचारका लागि आज सिंगापुर जाँदै देउवा दम्पती

    काठमाडौँ,१० कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारका लागि आज सिंगापुर जाने भएका छन्। आज राति ९ बजे देउवा पत्नि आरजु राणासहित सिंगापुर जान लागेको सभापति निकट श्रोतले जनाएको छ।

    जेनजी आन्दोलनको दोस्रोदिन गत भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो। सुरक्षाकर्मीले उद्धार गरेर देउवा दम्पतीलाई सेनाको सैनिक अस्पताल छाउनीमा पुर्‍याएको थिए।

    जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा गत असोज २८ गते केन्द्रीय कार्यालयमा देखिएका थिए। देउवाले सोही दिन उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति जिम्मा दिएका थिए। -न्युजअफनेपाल



    lumbinisanjal   
  • २०८२ कार्तिक १०, सोमबार ११:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP