• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    छठको कार्यक्रममा सहभागी हुन नसकेको भन्दै गगनले आयोजकसँग मागे क्षमा

    • lumbinisanjal
    • २०८२ कार्तिक १०, सोमबार ११:२०
    2.9K
    SHARES
    छठको कार्यक्रममा सहभागी हुन नसकेको भन्दै गगनले आयोजकसँग मागे क्षमा

    काठमाडौं ,१० कार्तिक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले औपचारिक कार्यक्रममा सहभागी हुन नसकेको भन्दै क्षमा मागेका छन् ।

    सोमबार छठको शुभकामना दिँदै महामन्त्री थापाले दशैँ, तिहार र नेपाल संवत्सँगै छठको सार्वजनिक कार्यक्रममा सहभागी हुन नसकेको भन्दै क्षमा मागेका हुन् । निम्तो गर्ने आयोजकप्रति आभार प्रकट गर्दै उनले यस्तो बताएका हुन् ।

    थापाले फेसबुकमा लेखेका छन्, ‘यो वर्ष दशैं, तिहार र नेपाल संवत्‌जस्तै छठका सार्वजनिक कार्यक्रममा सहभागी हुन नसक्ने भएकाले क्षमा चाहन्छु। मलाई निम्तो गर्नु भएका काठमाडौं र मधेशका सबै छठ आयोजक मित्रलाई हार्दिक आभार प्रकट गर्दछु।’

    महामन्त्री थापाले अर्को वर्षसँगै छठ मनाउनेसमेत बताएका छन् । ‘अर्को वर्षसँगै छठ मनाउने अभिलाषासहित छठी माईको दिव्य आशीर्वाद सबैमा रहोस्’, उनले फेसबुकमा लेखेका छन्।



    lumbinisanjal   
  • २०८२ कार्तिक १०, सोमबार ११:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP