• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    मापदण्डविपरीत बिक्रीवितरण गरेका औषधि बरामद

    • lumbinisanjal
    • २०८२ कार्तिक ७, शुक्रबार १०:२८
    2.3K
    SHARES
    मापदण्डविपरीत बिक्रीवितरण गरेका औषधि बरामद

    काठमाडौं , ७ कार्तिक ।   प्रहरी वृत्त महाराजगञ्जको टोलीले मापदण्डविपरीत बिक्रीवितरण गर्ने गरेको औषधि बरामद गरेको छ ।

    काठमाडौंको टोखा नगरपालिका– ५, वसुन्धारामा रहेको तक्षक फार्मेसीमा चिकित्सकको अनुमतिले बिक्री वितरण गर्नुपर्ने औषधि मापदण्डविपरीत बिक्रीवितरण गरेको भन्ने सूचनाका आधारमा स्पेन लेखिएको ३८५ ट्याबलेट, एन्टिकोफ लेखिएको ७५० ट्याब्लेट, प्रिगेबलिन लेखिएको १०० ट्याबलेट प्रिगेबलिन क्याप्सुल एलपी लेखिएको २०० क्याप्सुल र प्रिगेमर ७५ लेखिएको १०० क्याप्सुल बरामद गरिएको प्रहरी वृत्त महाराजगञ्जका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए ।

    उनका अनुसार उक्त फार्मेसी संखुवासभा, खादबारी नगरपालिका– ८ का ४० वर्षीय प्रकाश गौतमसमेतले सञ्चालन गरेको पाइएको र औषधि व्यवस्था विभागसँग समन्वय गर्दा मापदण्डविपरीत बिक्री गरिएको पाइएको छ ।



    lumbinisanjal   
  • २०८२ कार्तिक ७, शुक्रबार १०:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP