• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    जलेको घरबाट पूर्व ऊर्जामन्त्री खड्काको प्रश्न : म देश छोडेर किन भाग्ने ?

    • lumbinisanjal
    • २०८२ कार्तिक ३, सोमबार ११:१८
    2.3K
    SHARES
    जलेको घरबाट पूर्व ऊर्जामन्त्री खड्काको प्रश्न : म देश छोडेर किन भाग्ने ?

    काठमाडौं ,३ कार्तिक । पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफ्नो जलेकै घरमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री ओमप्रकाश अर्याल र मिडियामाथि प्रश्न गरेका छन्।

    केही मिडियाले गृहमन्त्रीकै कोडमा आफू भागेर विदेश पुगेको भनेर जानकारी दिएको र त्यही समाचार छापिएको भन्दै उनले आपत्ति जनाएका हुन्।

    उनले भनेका छन्, ‘म पनि यो देशको नागरिक हुँ। म देश छोडेर किन भाग्ने ? यो विषयमा मिडिया देखेर मलाई दया लागेको छ।’

    आफ्नो पछाडि यसरी मानिस लाग्दा सिंगो समाज भ्रमित भएको उनले बताए। सरकारले आफ्नो नाममा कुनै पत्र नकाटेको र कतै नजानु भनेर रोक नलगाएको अवस्थामा यस्तो भ्रम किन फैलाइयो भन्दै उनले प्रश्न गरेका छन्। उनले सरकारले कसका लागि काम गरेको भन्दै प्रश्न गर्दै भने, ‘दलाल, भरौटे, एजेन्टका लागि देश जुवा खेल्ने ?’

    काठमाडौंको बुढानिलकण्ठमा रहेको तत्कालीन मन्त्री खड्काको घर जेनजी आन्दोलनकाक्रममा भदौ २४ गते आगजनी भएर पूर्ण रुपमा जलेको थियो।

    जेनजीको प्रदर्शनको क्रममा बुढानिलकण्ठस्थित निवासमा तोडफोडसहित आगजनी भएको थियो। उनको घरमा करोडौ नेपाली र विदेशी पैसा भएको भन्दै समाचार छापिएकोप्रति समेत उनले असन्तुष्टि जनाएका छन्।

    उनले आफू राजनीतिज्ञ भएकाले यी सबै कुरालाई सहज रुपमा लिए पनि परिवारका



    lumbinisanjal   
  • २०८२ कार्तिक ३, सोमबार ११:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP