• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    गुल्मीमा राहदानीबाट २० लाख बढी राजस्व सङ्कलन

    • lumbinisanjal
    • २०८२ कार्तिक १, शनिबार १६:०१
    2K
    SHARES
    गुल्मीमा राहदानीबाट २० लाख बढी राजस्व सङ्कलन

    गुल्मी ,१  कात्तिक । गुल्मीमा एक हप्ताको समय अवधिमा राहदानीबाट मात्र २० लाख बढी राजस्व सङ्कलन भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रबारसम्म ४०६ जनाको राहदानीका लागि आवेदन सङ्कलन हुँदा २० लाख ४७ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको हो ।

    यस्तै, २६ वटा संस्था दर्ता तथा नवीकरणबाट १३ हजार, राष्ट्रिय परिचयपत्रबाट १९ हजार गरी कुल २० लाख ७९ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको छ ।

    यस्तै, एक हप्ताको समय अवधिमा जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता ४९८, प्रतिलिपि २३९, नाबालक परिचयपत्र ४९, राहदानीको आवेदन सङ्कलन ४०६, राहदानी वितरण १२८, राष्ट्रिय परिचयपत्रको आवेदन सङ्कलन एक हजार ६१, राष्ट्रिय परिचयपत्र वितरण ८८०, दलित, जनजाती, पारिवारिक विवरण तथा अन्य प्रमाणित २६ र मतदाता नामावली दर्ता ७०३ जनाले गरेका छन् । गोरखापत्र



    lumbinisanjal   
  • २०८२ कार्तिक १, शनिबार १६:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP