• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    राष्ट्रपति पौडेलले जेनजी समूहसँग आज छलफल गर्दै

    • lumbinisanjal
    • २०८२ आश्विन २५, शनिबार ०९:२६
    1.9K
    SHARES
    राष्ट्रपति पौडेलले जेनजी समूहसँग आज छलफल गर्दै

    काठमाडौँ, २५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार बिहान जेनजी प्रतिनिधिहरुसँग छलफल गर्नुहुँदै छ । शनिबार बिहान ९ बजेपछि शीतल निवासमा राष्ट्रपति पौडेलले जेनजी प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

    प्रेस सल्लाकार पोखरेलका अनुसार छलफलमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुनुहुने छ । आजको छलफलमा जेनजीको माग र आगामी राजनीतिबारे छलफल हुने उहाँको भनाइ छ ।

    यसअघि शुक्रबार राष्ट्रपति पौडेलले अन्तरिम सरकारसहित सर्वदलीय बैठक गर्नुभएको थियो । बैठकमा जेनजी आन्दोलन, नयाँ सरकार, फागुन २१ गतेका लागि घोषित निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।



    lumbinisanjal   
  • २०८२ आश्विन २५, शनिबार ०९:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP