• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    रास्वपाले सुरु गर्‍यो रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया

    • lumbinisanjal
    • २०८२ श्रावण ६, मंगलवार १०:२७
    4.5K
    SHARES
    रास्वपाले सुरु गर्‍यो रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया

    बुटवल, ०६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनका लागि साउन ७ गतेदेखि उम्मेदवार चयन प्रक्रिया सुरु गर्ने भएको छ।

    रास्वपाले एक सूचना जारी गर्दै सो क्षेत्रमा उम्मेदवार बन्न इच्छुक व्यक्तिले साउन ७ गतेदेखि २१ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ। उम्मेदवारका लागि पार्टीको न्यूनतम मापदण्ड र कानुनी योग्यता पुगेका व्यक्तिहरू योग्य हुने रास्वपाले स्पष्ट पारेको छ।

    पार्टीको निर्वाचन आयोगका सचिव भूमिनन्द बरालका अनुसार आवेदन दिने प्रक्रिया रास्वपाको मोबाइल एपमार्फत अनलाइन हुने व्यवस्था गरिएको छ।

    रास्वपाको विधानअनुसार उम्मेदवारको अन्तिम छनोट प्रारम्भिक मतदान (प्राइमरी इलेक्शन) बाट गरिनेछ।



    lumbinisanjal   
  • २०८२ श्रावण ६, मंगलवार १०:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP