• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    शिखर ट्रेड इन्टरनेशनल प्रालि बुटवलमा साटो ब्राण्डका उत्पादन बिक्री सुरु

    • lumbinisanjal
    • २०८२ जेष्ठ २६, सोमबार १८:०८
    4.3K
    SHARES
    शिखर ट्रेड इन्टरनेशनल प्रालि बुटवलमा साटो ब्राण्डका उत्पादन बिक्री सुरु

    बुटवल ,२६ जेठ । विश्व बजारमा उपभोक्ता माझ विश्वास जित्न सफल टाँस्ने र जोड्ने काममा प्रयोग हुने साटो ब्राण्ड(ग्लु)का विभिन्न उत्पादन लुम्बिनी प्रदेशको आर्थिक केन्द्र बुटवलमा विक्रि शुरु गरिएको छ ।

    भारतीय साटो ब्राण्डका उत्पादनहरु आर्किलो, एक्सट्रिम, ओशियन, एलिट, डिलक्स र हिटगार्ड लुम्बिनी प्रदेशका लागि आधिकारिक विक्रेता शिखर ट्रेड इन्टरनेशनल प्रा लि.ले विक्रि वितरण शुरु गरेको हो ।

    साटो ब्राण्डको नेपालको लागि आधिकारिक विक्रेता ट्राईनोक्स कम्पनी काठमाण्डौका सेल्स एण्ड मार्केटिङ प्रमुख विवेक शर्माले लुम्बिनी प्रदेशका लागि आधिकारिक विक्रेता शिखर ट्रेड इन्टरनेशनलका सञ्चालक गणेशचन्द्र पोखरेललाई हस्तान्तरण गर्नुभयो ।

    साटो ब्राण्डले भारत, चीन, हङकङ, कतार, दुवई र हाल नेपालसम्म आफ्नो बजार विस्तार गरेको छ । टाँस्ने र जोड्ने काममा प्रयोग हुने साटोका उत्पादन टिकाउ, जलप्रतिरोधी र सहज प्रयोगका लागि डिजाइन गरिएको छ । जसले विभिन्न प्रकारका सामग्रीहरूलाई मजबुत र दीर्घकालीन जोड गर्न सक्षम रहेको सेल्स एण्ड मार्केटिङ प्रमुख शर्माले बताउनु भयो ।

    जसमा क्रसलिङ्किङ टेक्नोलोजी, २ प्रतिशत अतिरिक्त ठोस सामग्री, उच्च कभरेज, छिटो सेटिङ र डी ३ वाटरपुफ्र समावेश गरिएको छ ।

    क्रसलिङ्किङ टेक्नोलोजीले उत्पादनको मजबुती र स्थायीत्वमा बृद्धि गर्दछ, २ प्रतिशत अतिरिक्त ठोस सामाग्रीले अधिकतम पकड़ र टिकाउपन प्रदान गर्छ । उच्च कभरेजले कम मात्रामा बढी क्षेत्रलाई कभर गर्ने क्षमताका साथ उत्कृष्ट कार्य प्रदर्शन गर्छ ।

    चाडै सेटिङ गरी छिटो सुक्ने समयमा सुधार ल्याउँछ, र डी ३ प्रमाणिकरणले जलप्रतिरोधी गुणस्तर सुनिश्चित गर्ने कम्पनीका सञ्चालक सुजित माधोगरियाले जानकारी दिनुभयो ।

    आइएसओ प्रमाणपत्र समेत पाइसकेको साटोले युरोपियन स्टान्डर्ड २०२१ जस्ता प्रमाणपत्रहरू समेत प्राप्त गरेको कम्पनीका संचालक माधोगरियाले बताउनु भयो । साटोले उद्योगका नयाँ प्रवृत्तिहरू र ग्राहकहरूको आवश्यकता सम्बोधन गर्ने उदेश्यले आफ्ना उत्पादनलाई गुणस्तरीय बनाउदै लगिएको उहाँले बताउनु भयो ।
    ट्राईनोक्स कम्पनीले अघिल्लो वर्ष काठमाडौंमा व्यवसायी कारोवार शुरु गरेको थियो ।

    त्यसपछि क्रमशः छोटो समयमा नेपालका प्रमुख शहरहरू बिरगंज, जनकपुर, लहान, इटहरी, विराटनगर, धरान, बिर्तामोड, भद्रपुर, पोखरा र बुटवलमा व्यवसायिक विस्तार गरिएको ब्राण्ड पुर्याईसकिएको ट्राईनोक्सका सेल्स एण्ड मार्केटिङ प्रमुख शर्माले जानकारी गराउनु भयो । यसपछि क्रमशः अरु शहरहरुमा पनि व्यवसाय विस्तार गरिने उहाँको भनाई छ ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ २६, सोमबार १८:०८
  • #Glu #sato brand

    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP