• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    बागमतीका मुख्यमन्त्री लामाले आइतबार राजिनामा दिने

    • lumbinisanjal
    • २०८२ श्रावण १७, शनिबार १६:३७
    3K
    SHARES
    बागमतीका मुख्यमन्त्री लामाले आइतबार राजिनामा दिने

    काठमाडौं,१७ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार राजीनामा दिने भएका छन् । उनी सशर्त पदबाट राजीनामा दिन तयार भएका हुन् ।

    सभापति शेरबहादुर देउवासँग शनिबार बूढानीलकण्ठमा सम्पन्न छलफलका क्रममा मुख्यमन्त्री लामा साउन १४ गते नियुक्त गरेका मन्त्रीहरूलाई निरन्तरता दिने शर्तमा राजीनामा दिन तयार भएका हुन् ।

    मुख्यमन्त्री लामाले प्रदेशसभा सदस्य गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्री र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारणमन्त्री नियुक्त गरेका थिए ।

    तर, सत्ता साझेदार नेकपा एमालेले नवनियुक्त मन्त्रीहरूको शपथ रोकेको थियो । बूढानीलकण्ठमा शनिबार भएको छलफलमा सहभागी प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले नयाँ गठन हुने सरकारमा लम्साल, श्रेष्ठ र गुरुङलाई शपथ खुवाउने शर्तमा मुख्यमन्त्री लामाले आइतबार राजीनामा दिने सहमति जुटेको जानकारी दिए ।

    ‘हामीले तीन जना मन्त्रीहरूलाई शपथ ग्रहणका लागि भनेका छौँ । सभापतिज्यूले हुन्छ भन्नुभयो,’ उनले खबरहबसँग भने, ‘इन्द्रजीले पनि हुन्छ भन्नुभयो । भोलि मुख्यमन्त्रीले राजीनामा दिनुहुन्छ ।’

    प्रदेशसभा सदस्य चित्रकारले दल समूहमा बाँडिएको पार्टी संसदीय दललाई मिलाएर अघि बढ्ने विषयमा पनि छलफल भएको जानकारी दिए ।

    ‘दल दुई भागमा विभाजित भएको छ । हामीले सरसल्लाह अनुसार काम गर्नुपर्छ भन्यौँ,’ उनले भने, ‘त्यो कुरा पनि मान्नुभएको छ ।’

    मुख्यमन्त्री लामा साउन १४ गते पार्टीका प्रदेश सभापति एवम् प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँसँग दलको नेतामा पराजित भएका थिए । दलको नेताका लागि निर्वाचन हुनुअघि उनले आफूनिकट तीन जनालाई मन्त्री नियुक्त गरेका थिए ।

    दलको नेतामा पराजित भएपछि मुख्यमन्त्री लामालाई राजीनामा दिन पार्टीभित्रैबाट दबाब परेको थियो । उनलाई सभापति देउवाले बिहीबार बेलुकी निवासमा बोलाएर मार्गप्रशस्त गर्न भनेका थिए ।

    सभापति देउवाले शनिबार दलको नेतामा निर्वाचित प्रदेशसभा सदस्य बानियाँ, मुख्यमन्त्री लामालाई एकसाथ राखेर निकास निकालेका हुन् । बूढानीलकण्ठ छलफलमा लामाको पक्षमा रहेका १४ जना सांसदहरू पनि सहभागी थिए ।



    lumbinisanjal   
  • २०८२ श्रावण १७, शनिबार १६:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP