• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवलमा टिभीएसको ‘एक्सचेञ्ज मेला’ सुरु — पुरानो बाइक साटेर नयाँमा भारी छुट

    • lumbinisanjal
    • २०८२ श्रावण ४, आईतवार १७:१६
    2.9K
    SHARES
    बुटवलमा टिभीएसको ‘एक्सचेञ्ज मेला’ सुरु — पुरानो बाइक साटेर नयाँमा भारी छुट

    बुटवल, ०४ साउन । नेपालमा टिभीएस मोटरसाइकलका लागि आधिकारिक वितरक बालाजी अटोमोबाइल्सले लुम्बिनी प्रदेशका ग्राहक लक्षित गरी ‘TVS एक्सचेञ्ज म्यानिया’ अभियान सुरु गरेको छ। बुटवलको इटाभट्टास्थित एसिएन पार्टी प्यालेसअगाडि सुरु भएको मेला साउन ९ गते शुक्रबारसम्म, अर्थात् ६ दिनसम्म सञ्चालन हुनेछ।

    पुरानो बाइकको न्यूनतम रु ३०,००० मूल्याङ्कन

    अभियान अन्तर्गत जुनसुकै ब्रान्डको पुरानो बाइक लिएर आउने ग्राहकलाई न्यूनतम रु. ३०,००० को मूल्याङ्कन गरिनेछ। साथै, नयाँ टिभीएस बाइक वा स्कुटर खरिदमा रु. ८,००० सम्मको छुट, ० प्रतिशत ब्याजमा किस्ताबन्दी, र इन्जिनमा लाइफटाइम वारेन्टीजस्ता विशेष सुविधा प्रदान गरिने आयोजकले जनाएको छ।

    १० भन्दा बढी भ्यालुएटर, पारदर्शी मूल्याङ्कन

    ग्राहकलाई उचित मूल्याङ्कन सुनिश्चित गर्न मेला अवधिभर १० भन्दा बढी अनुभवी भ्यालुएटर परिचालन गरिनेछ। बालाजी अटोमोबाइल्सका सञ्चालक विशाल जैसवालका अनुसार, मूल्याङ्कन पूर्णतः पारदर्शी र यथार्थपूर्ण हुने छ।

    विशेष गिफ्ट प्याकेजसहितको अफर

    मेलामा सहभागी हुने ग्राहकहरूका लागि विशेष गिफ्ट प्याकेजको समेत व्यवस्था गरिएको छ। आयोजकले यस कार्यक्रमलाई केवल विक्रीभन्दा बाहिर गएर, ग्राहक सन्तुष्टि र सम्बन्ध सुदृढीकरणमा केन्द्रित अभियानको रूपमा अघि सारेको छ।

    लुम्बिनी प्रदेशभरिका ग्राहकका लागि अवसर

    हाल नेपाली बजारमा टिभीएसका २३ भन्दा बढी मोडेल उपलब्ध छन्। बुटवल, तिलोत्तमा, भैरहवा, कपिलवस्तु, सैनामैना, पाल्पा, गुल्मी लगायतका क्षेत्रका ग्राहकका लागि यो मेला सुनौलो अवसर बन्ने आयोजकको विश्वास छ।

    कार्यक्रममा टिभीएसका लुम्बिनी प्रदेश रिजनल म्यानेजर सुवास देवकोटा र रिजनल अफिसर नविनकुमार साहको समेत सक्रिय सहभागिता रहेको छ। टिभीएसले अभियानलाई सहज, सुरक्षित र भरपर्दो सेवा दिने माध्यमका रूपमा अघि सारेको जनाएको छ।



    lumbinisanjal   
  • २०८२ श्रावण ४, आईतवार १७:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP