• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

    • lumbinisanjal
    • २०८२ असार ३०, सोमबार ०९:३६
    2.2K
    SHARES
    प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

    काठमाडौं,३० असार । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

    माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले प्रचण्डले बैठकमा सम्बोधन गर्ने जानकारी दिए । प्रचण्डले रसुवा बाढीपहिरो, समसामयिक राजनीतिलगायत विषयमा धारणा राख्ने छन् ।

    सोमबारको बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भएकाले आफ्ना सबै सांसदलाई अनिवार्य उपस्थित हुन माओवादीले निर्देशन गरेको छ ।



    lumbinisanjal   
  • २०८२ असार ३०, सोमबार ०९:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP