• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    अमृतीय गुण भएको फल बेल र बेलपत्रका फाइदा अनि प्रयोग

    • lumbinisanjal
    • २०८१ माघ २६, शनिबार ०४:००
    9.2K
    SHARES
    अमृतीय गुण भएको फल बेल र बेलपत्रका फाइदा अनि प्रयोग

    नारायण भट्टराई ।

    हरियो वन नेपालको धन’’ भन्ने उखान त्यति नौलो नभएता पनि यस उखानलाई चरितार्थ पार्न हावापानी माटो र वरपरको परिवेसले साथ नदिएर होला । हाम्रो देश नेपालका दक्षिण पश्चिममा रहेका जंगलमा मनग्गे जडिबुटी र अन्य काठ हरु त्यत्तिकै खेर गइरहेका छन् ।

    जंगलमा रहेका साल, शिशौ कटुस, चाप, गुरास वेल, रुद्राक्ष, चन्दन, श्रीखण्ड आदिले राम्रो स्थान लिन नसकेको सबैको सामु ताजा नै छ । यहाँ भएन भन्ने हामी सबैको शाझा भाषा हो । मैले गर्छु भन्न अलिक गाहो र सागुरो देखिएको छ । यसरी खेर गईरहेको फल, फूल, काठ र पात मध्येको एक वृक्ष हो वेल ।

    हामी सानो छदा कहि पूजाआजा भए प्रसाद पञ्चामृत खान पाइन्छ भनि हामीहरुको काम वेलको पात (वेलपत्र) टिप्न लगाइन्थ्यो । बेलको काडाले च्वास्स च्वास्स घोचेर, रातो, कालो, र निलो जस्तो रंग भएको रगत आएर जमिसकेपछि सानो कोठि जस्तो देखिन्थ्यो । त्यसलाई हाम्रो पूजाको प्रसादले भुलाउदथ्यो । यसरी दुसित रगत बाहिर आउनु स्वास्थ्यका लागि फाईदा, भएपनि त्यो कष्टलाई नकार्न सकिदैन । जहाँ शिवजीको पूजा हुन्छ त्यँहा वेलपत्रको आवश्यकता हुन्छ भन्ने कुरा पुराणहरुमा सुन्न र देख्न पाइन्छ । ३ वटा पात भएको बेलपत्र शिबलिङग माथी चढाउदा राम्रो हुन्छ ।

    वेलपत्र शिवलिंगमा बेलपत्र चढाउदा तिन जन्मको पाप नष्ट हुन्छ । एउटा शिकारीले आफ्नो शिकार नदेखिएर वेलका पात चुडाली भुईमा फाल्दा शिबलिङ्गमा परेछ र त्यो शिकारीले मरण प्रान्त मोक्ष प्राप्त गरको थियो भनिन्छ ।

    रुघाँखोकी काँसोमा बेलको पात पकाएर खादा काँसो ठिक हुन्छ । पेटका रोग, पेट कब्जियतमा पनि पाकेको वेलको फलको भित्रको भाग निकाली तुलसीपात, पुतना मिलाई सर्वत खादा उच्च रक्त चाप समेतलाई राम्रो गर्दछ । विभिन्न किसीमका वस्तुको सेवनले गर्दा पेटमा भएको तुषवायूलाई, अर्थात, सातपत्रमा रहेको मैला समेतलाई सफा गर्न सुखेको वेलको घाँजी पकाई रस खानाले पेट सफा गर्दछ । पशुहरु खोराएको खण्डमा बेलका घाजी खुवाउने गरिन्छ । कुखत परेको बेलामा वेलको घाजि, जमरा, सुकमेल, अनेची, गेरु, हलेदो मिलाई खुवाउदा, हामीले भन्ने गरेको (टाईफाइड) कुखत संञ्चो हुन्छ ।

    फोडा फूनसीमा लेप बनाई लगाउने गरिन्छ । विसाएको घाउमा पातलाई उमालेर घाँउमा लगाउदा राम्रो हुन्छ । बेलवृक्षको वरीपरी सर्पको वास हुदैन भनिन्छ । मृतव्यक्तिलाई घाटमा लैजाने समयमा बेलको छाया परेको खण्डमा उसलाई मोक्षप्राप्त हुन्छ भन्ने धारणा रहेको पाईन्छ । हावामा भएको अशुद्धिकरणलाई सोस्ने काम अरु वृक्षमा भन्दा वढि रहन्छ ।

    वेल पत्रमा १.२, ३. भन्दा माथी चार, पाच, छ या सात वटा पात भएको बेलपत्र पाउने व्यक्ति र शिवजीलाई अर्पण गर्ने व्यक्तिलाई अनन्त फल प्राप्त हुन्छ भनिन्छ । वेलको विरुवा लगाउनाले वंश वृद्धि हुने गर्दछ भने मास्नाले क्षती हुन सक्तछ । संभव भएमा विहान वेलुका हिड्डुल गर्दा बेल वृक्षतल जाने दर्शन गर्नाले भाग्य चम्कन्छ । वेलको वृक्षमा जलार्पण गर्नाले परलोक वाशी पितृ तृप्त हुन्छन भन्ने विश्वास गरिन्छ ।

    वेल, सेतोआक र दुवो नजिक नजिक लगाउनाले अटुट मात्रामा लक्ष्मीको कृपा प्राप्त हुने गर्दछ । आफ्नो जीवनमा वेलपत्रलाई शिवलिंगमा चढाउनाले सबै पापहरु नष्ट हुन्छन् ।

    भनिन्छ वेल वृक्षको रोपण, पोषण र स्याहार संहार गर्दा महादेवसंग भेट हुन्छ भनिन्छ । अहिले कसैले पाप गरेको छैन, पाप नगरेपछि पूजाआजाका कुरा गर्नु चैतमा आगो वालेर ताप्नु जस्तो हो । तैपनि कहि छुटपुट परेको भए प्रयोग गर्दा राम्रो हुन्छ । शिबलिङगमा बेलपत्र चढाउदा चिल्लो भाग शिवलिंग तर्फ फर्काउनु पर्दछ ।

    वेलपत्रमा रहेका फाइदाहरुमा मानिसमा रहेको मोटोपन हटाउन, मधुमेहका लागि विहान खाली पेटमा एक पत्ता चपाएर निल्ने, ब्लडप्रेसर, कोलेस्ट्रोल, एसिडिटी, मानसिक तनाव, ज्वरोमा, सुनिएकोमा सन्तान नभएकाहरुको लागि, आँखाको रोषनी वढाउन, बिषालु किराले टोकेमा, हृदयरोगमा, मस्तिष्कघातमा, चेहरा राम्रो बनाउने काममा पनि प्रयोग गर्न सकिन्छ  ।

     

     

    शिवलिंगमा बेलपत्र चढाउदा भन्ने मन्त्र
    तृदलम तृगुणात्मकम तृनेत्रम्छ त्रयायुधम ।
    त्रिजन्म पापसम्हारम विल्व पत्रं शिवार्पणम् ।

    वेलपत्रमा तिन पात्रहरू तिनगुण (सत्व, रज एवं तमस्वरुप) तीन आरवाका प्रतिक छन् । तीन गुणा जीवनकालको प्रतिनिधित्व गर्दछन । यसले तिन जन्मको सञ्चित पापलाई नस्ट गर्दछ । हेमोग्लोविनको कमिमा, खुनीअर्शमा, सन्तान नभएकाको लागि, आखाको रोषनी बढाउन, बिसालु किराले टोकेमा, हृदयरोगमा, मस्तिस्कघातमा, चेहरा राम्रोबनाउने काममा पनि प्रयोग गर्न सकिन्छ ।

     

     

    वेलको तीनवटा पातमा निम्न कुरामा विश्वास गरिन्छ :
    १, त्रिदेव (ब्रह्मा, विष्णु, महेश्वर)
    २, त्रिनेत्र (सूर्य, चन्द्र, अग्नी)
    ३, त्रिगुण (सत्व, रज, तम)
    ४, त्रियुग (भुत, भविश्य, वर्तमान)
    ५, स्वर्ग, मत्र्य, पाताल
    ६, आध्यात्मिक, आदिदैविक, भौतिक

    शिवजी लाइ बेलपत्र अर्पण गर्दा तीनवटा पात भएको, पातमा प्वाल नभएको अर्पण गरिन्छ । अर्पण गर्दा ३ वटा, ५ वटा र २१ वटा पत्र चढाइन्छ । बेल पत्र चढाउदा पातको तल पट्टिको गाठो (डण्ठल) डाठ हटाई शिवलिङ्गमा चढाइन्छ । श्रावण महिनाको सोमवार वेलपत्र शिवलिंगमा चढाउदा राम्रो मानिन्छ । चढाउदा चिल्लो भाग शिवलिंगतर्फ फर्काउनु पर्दछ । वेलपत्रमा रहेका फाइदाहरुमा मानिसमा रहेको मोटोपन हटाउन, मधुमेहका लागि विहान खाली पेटमा एक पत्ता चपाएर निल्ने, ब्लडप्रेसर, कोलस्टोल, एसिडिटी, मानसिक तनाव, ज्वारोमा, सुनिएकोमा हेमोग्लोविनको कमिमा र खुनीअर्शमा पनि प्रयोग गरिन्छ ।



    lumbinisanjal   
  • २०८१ माघ २६, शनिबार ०४:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP