• २०८३ श्रावण २९ | Fri, 14 Aug 2026
  • Dark Mode

          Subscribe

    सरकारविरुद्ध बोल्ने डरले प्रसाईंमाथि लगाम, प्रहरी लगाएर सिधै घरमा पुर्‍याइयो

    • lumbinisanjal
    • २०८३ असार २८, आईतवार १४:०९
    403
    SHARES
    सरकारविरुद्ध बोल्ने डरले प्रसाईंमाथि लगाम, प्रहरी लगाएर सिधै घरमा पुर्‍याइयो

    काठमाडौं । विरोधमा बोल्ने डरले सरकारले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी खटाएर नियन्त्रणमा लिएको छ।

    विमानस्थलमै समसामयिक विषयमा बोल्न पत्रकार सम्मेलन तयारी गरेपछि उनलाई सरकारले प्रहरी लगाएर सिधै घरमा पुर्‍याइिएको हो ।

    उनले वालेन्द्र शाह नेतृत्वको सरकारको पछिल्लो विवादित गतिविधिबारे कडा टिप्पणीको तयारी गरेका थिए ।

    आइतबार गृहजिल्ला झापाबाट काठमाडौं फर्किएका प्रसाईंले विमानस्थलमै समसामयिक राजनीतिक घटनाक्रमबारे बोल्ने योजनासहित पत्रकार सम्मेलन गर्न लागेका थिए ।

    तर प्रहरीले उनलाई विमानस्थलमा पत्रकार सम्मेलन गर्न नदिई नियन्त्रणमा लिएर भक्तपुरस्थित ठिमी (कमेराेटार) स्थित निवासमा पुर्‍याएको हो ।

    विमानस्थलमा पत्रकार सम्मेलन गर्न नपाएपछि प्रसाईंले आइतबार दिउँसो ३ बजे ठिमीस्थित निवासमा पत्रकार सम्मेलन गरेर बोल्दैछन्।

     



    lumbinisanjal   
  • २०८३ असार २८, आईतवार १४:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP