• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    मायादेवी गाउँपालिकाका मुख्य सडकमा राखियो ४१ वटा बुद्धको मूर्ति

    • lumbinisanjal
    • २०८२ असार १७, मंगलवार ०९:०५
    1.6K
    SHARES
    मायादेवी गाउँपालिकाका मुख्य सडकमा राखियो ४१ वटा बुद्धको मूर्ति

    भैरहवा, १७ असार । रुपन्देहीको मायादेवी गाउँपालिकाका मुख्य सडकमा बुद्धको मूर्ति राखिएको छ ।

    हाटीबनगाईदेखि महजिदिया चोकसम्म ४१ वटा मूर्ति राखिएको मायादेवी गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इञ्जिनियर नवराज ढुंगानाका अनुसार ४८ लाखको लागतमा ४१ वटा मूर्ति राखिएको हो ।

    बुद्ध मूर्ति राखिएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । स्थानीय जंग बहादुर यादवले रुपन्देही मायादेवी गाउँपालिका अन्तर्गत पर्ने लुम्बिनीरोडमा ४१ वटा बुद्धमूर्तिको स्थापना भएदेखि यस क्षेत्रमा रहेका पसले तथा गाउँलेहरूले धेरै खुसी व्यक्त गरेको बताउनुभयो ।

    ‘अब हामी यही पसलकै अगाडि बुद्ध भगवानको पूजापाठ गर्न पाएका छौं । मायादेवी गाउँपालिकालाई धेरै धेरै धन्यवाद छ, ’उहाँले भन्नुभयो ।

    आगामी आर्थिक वर्षमा मुख्य चोकमा हाईमास्ट लाईट जडान गर्ने गाउँपालिकाको योजना रहेको अध्यक्ष ध्रुवनारायण चौधरीले बताउनुभयो। हाईमास्ट लाईट जडान भएपछि उज्यालो हुनुका साथै सवारी दुर्घटना न्यूनीकरण हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

     



    lumbinisanjal   
  • २०८२ असार १७, मंगलवार ०९:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP