• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    सिद्धबाबा मन्दिरको अध्यक्षमा अरविन्द सचिबमा बिष्णु

    • lumbinisanjal
    • २०८३ बैशाख २१, सोमबार ०८:४६
    1.1K
    SHARES
    सिद्धबाबा मन्दिरको अध्यक्षमा  अरविन्द सचिबमा बिष्णु

    बुटवल ,२१ वैशाख । सिद्धबाबा मन्दिर विकास समिति तिनाउ–३, दोभान पाल्पाको अध्यक्षमा अरविन्द पाण्डेय निर्वाचित हुनुभएको छ ।

    वार्षिक साधारणसभा तथा अधिवेशनबाट पाण्डेयको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

    समितिको उपाध्यक्षमा शेरजंग थापा, सचिवमा बिष्णु प्रसाद पाण्डेय, सहसचिवमा कुमारी खड्का र कोषाध्यक्षमा तोया लम्साल चयन हुनुभएको छ  । सदस्यहरूमा सन्तोष शेरचन, रामबहादुर थापा, दुर्गा श्रेष्ठ, नयना क्षेत्री, कमल श्रेष्ठ, वर्षा रायमाझी, नारायण प्रसाद घिमिरे र चित्रबहादुर थापा रहनुभएको छ ।

    निर्वाचन समितिका संयोजक महेन्द्र पाण्डेका अनुसार कार्यसमितिमा पारदर्शिता कायम गर्न पालिकाबाट ७ जना, राजनीतिक दलबाट ६ जना, पुजारीबाट २ जना र २ जना मनोनित गरी १७ सदस्यीय संरचना बनाइएको बताउनुभयो ।



    lumbinisanjal   
  • २०८३ बैशाख २१, सोमबार ०८:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP