• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    मुक्तिनाथको दर्शन गर्दै हेर्नुहोस् आज कार्तिक १५ गते शनिबारको राशिफल

    • lumbinisanjal
    • २०८२ कार्तिक १५, शनिबार ०९:०५
    2.1K
    SHARES
    मुक्तिनाथको दर्शन गर्दै हेर्नुहोस् आज कार्तिक १५ गते शनिबारको राशिफल

    मेष : दिन शुभ फलदायक छ । आर्थिक लाभ, खाद्यान्न प्राप्ति, पारिवारिक सुख–सन्तोष होला ।

    वृष : दिन शुभ भएकाले सानो प्रयासले पनि काम बन्ने, हर्ष वृद्धि, सुख–सन्तोष हुने देखिन्छ ।

    मिथुन : तपाईंका लागि समय उत्तम छ । राज्यबाट लाभ, प्रतिष्ठा वृद्धि, पढाइमा सफलता होला ।

    कर्कट : दिन अनुकूल देखिँदैन । स्वास्थ्य समस्या, खर्च वृद्धि, काममा बाधा नहोला भन्न सकिन्न ।

    सिंह : समय शुभ छ । धन लाभ, कार्य सफल, उपहारादि वस्तु प्राप्ति हुने सम्भावना छ ।

    कन्या : दिन उत्तम फलदायक छ । आर्थिक लाभ, प्रतिस्पर्धात्मक क्षेत्रमा विजय, शत्रु विजय होला ।

    तुला : तपाईंका लागि समय शुभ छ । कार्य सिद्धि, धन प्राप्ति, पारिवारिक सुख, रोमाञ्च होला ।

    वृश्चिक : सजग रहनु बेस । वायुजन्य रोगको सम्भावना, व्यर्थको दौडधूप, तनाव हुन सक्छ ।

    धनु : दिन शुभ भएकाले सानै प्रयासमा राम्रो आम्दानी, मान–सम्मान, अधुरा कार्य पूरा हुन सक्छ ।

    मकर : कर्तव्य गर्न नछोड्नुस् । धन–सम्पत्ति प्राप्ति, रोमान्टिक यात्रा, जोश–जाँगर वृद्धि हुने देखिन्छ ।

    कुम्भ : समय शुभ भएकाले मिष्ठान्न भोजन, कतैबाट स्वागत–सत्कार, हर्षविभोर हुने सम्भावाना छ ।

    मीन :आर्थिक नोक्सानी, स्वास्थ्य समस्या, वादविवाद आउन सक्छ । सजगता अपनाउनु बेस ।



    lumbinisanjal   
  • २०८२ कार्तिक १५, शनिबार ०९:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP