• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    लियो डिष्ट्रिक्ट ३२५P, नेपालद्वारा छपियामा डिष्ट्रिक्ट अफिसर्स प्रशिक्षण तथा लोगो उद्घाटन कार्यक्रम सम्पन्न

    • lumbinisanjal
    • २०८२ असार १४, शनिबार २१:५४
    4.9K
    SHARES
    लियो डिष्ट्रिक्ट ३२५P, नेपालद्वारा छपियामा डिष्ट्रिक्ट अफिसर्स प्रशिक्षण तथा लोगो उद्घाटन कार्यक्रम सम्पन्न

    बुटवल ,१४ असार । लियो डिष्ट्रिक्ट ३२५P, नेपालद्वारा लुम्बिनी प्यालेस रिसोर्ट, छपियामा आयोजित “डिष्ट्रिक्ट अफिसर्स प्रशिक्षण तथा लोगो उद्घाटन कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ।

    लायन वर्ष २०२५/२६ का लागि नव नियुक्त डिष्ट्रिक्ट अफिसरहरूलाई आफ्नो भूमिका, कर्तव्य, जिम्मेवारी र संगठनप्रतिको उत्तरदायित्वप्रति सचेत गराई सशक्त र प्रभावकारी नेतृत्व विकास गर्ने उद्देश्यले २०८२ असार १३ र १४ गते, दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो।

    कार्यक्रमका मुख्य अतिथि डिस्ट्रिक गभर्नर एम.जे.एफ लायन पुरूषोत्तम भक्त प्रधानांग रहनुभएको थियो।

    कार्यक्रमको विशेष आकर्षणको रूपमा विभिन्न प्रेरणादायी प्रशिक्षण सत्रहरू संचालन गरिएको थियो।

    एम.जे.एफ लायन सन्दीप कसौधन, एम.जे.एफ लायन अर्चित श्रेष्ठ, लायन गोपाल प्रसाद पाण्डे, तथा युवा मोटिभेसनल स्पीकर तथा ट्रेनर अब्दुस मियाँले सहभागीहरूलाई नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि, संगठनात्मक क्षमता सुदृढीकरण र जीवन रूपान्तरण सम्बन्धी सशक्त प्रशिक्षण प्रदान गर्नुभएको थियो।

    साथै, सहभागीहरूको मानसिक स्वास्थ्य तथा आन्तरिक सन्तुलनमा ध्यान दिँदै आर्ट अफ लिभिङका योग प्रशिक्षक श्री उज्ज्वल खरेलद्वारा योग तथा मानसिक स्वास्थ्य सुधारसम्बन्धी विशेष सत्र समेत संचालन गरिएको थियो।

    कार्यक्रमको अवसरमा लियो डिष्ट्रिक्ट ३२५P, नेपालको नयाँ लोगोको औपचारिक रूपमा उद्घाटन पनि गरिएको थियो, जसले संगठनको पहिचानलाई अझ मजबुत बनाएको अध्यक्ष लियो श्रीधर बस्याल ले जानकारी गराउनु भयो ।

    कार्यक्रमले लियो सदस्यहरूमा नवीन ऊर्जा, नेतृत्व क्षमताको विकास तथा सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता थप बढाउने विश्वास लायन वर्ष २५/२६ का मेम्बरशिप चेयरपर्सन लियो हिमाल खनालले व्यक्त गर्नुभयो।

    कार्यक्रमको अध्यक्षता वर्ष २५/२६ का अध्यक्ष लियो श्रीधर वस्यालले गर्नुभएको थियो भने, डिष्ट्रिक्ट सेक्रेटरी लियो श्रीधर कुँवरले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो।



    lumbinisanjal   
  • २०८२ असार १४, शनिबार २१:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP