• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    सिर्जनशील टिम बनाउन व्यस्त छु, फोन नगर्नुहोला : शिक्षामन्त्री पुन

    • lumbinisanjal
    • २०८२ आश्विन ८, बुधबार ०९:३२
    2K
    SHARES
    सिर्जनशील टिम बनाउन व्यस्त छु, फोन नगर्नुहोला : शिक्षामन्त्री पुन

    काठमाडौं,०८ असोज ।  शिक्षामन्त्री महावीर पुनले मन्त्रालयमा सिर्जनशील टिम बनाउन आफू व्यस्त भएकाले फोन र म्यासेन्जरमा कल नगर्न अनुरोध गरेका छन् ।

    सामाजिक सञ्जालमा सक्रिय पुनले मोबाइल, म्यासेन्जर र ह्वाट्सएपमा हजारौं कल र मेसेज आएको भन्दै फोन नगर्न अनुरोध गरेका हुन् । पुनले आफू मन्त्रालयको एउटा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त भएकाले फोन नगर्न अनुरोध गरेका हुन् ।

    मन्त्री पुनले फेसबुकमा लेखेका छन्, ‘अस्तीदेखि मोबाइलमा, मेसेन्जरमा र ह्वाट्सअपमा हजारौं कल र मेसेज आइरहेका छन्। म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त छु। त्यसैले केही दिनको लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला। धन्यवाद ।’



    lumbinisanjal   
  • २०८२ आश्विन ८, बुधबार ०९:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP