• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    एसीसी यु–१६ इस्ट जोन क्रिकेटमा नेपालको दोस्रो जित, जापान ९ विकेटले पराजित

    • lumbinisanjal
    • २०८२ असार १०, मंगलवार १३:०२
    3K
    SHARES
    एसीसी यु–१६ इस्ट जोन क्रिकेटमा नेपालको दोस्रो जित, जापान ९ विकेटले पराजित

    बुटवल ,१० असार । १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले दोस्रो जित निकालेको छ ।

    मलेसियाको कोजल टुन्कु जाफर ओभल क्रिकेट मैदानमा मंगलबार भएको खेलमा जापानलाई ९ विकेटले हराउँदै नेपालले सहज जित निकालेको हो ।

    जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४ ओभर २ बलमा १ विकेट गुमाएर पूरा गर्‍याे ।

    नेपालका शिवांश बजगाईँले सर्वाधि ३८ रन जोडे । यस्तै, प्रसिद्ध जैसीले ३३ रन बनाए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जापानले ३४ ओभर ३ बलमा अलआउट हुँदै ८० रन बनाएको थियो ।

    जापानका चार्ली हाराहिन्जीले ३६ तथा गम्बी हाराहिन्जीले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

    नेपालका शुभम खनालले ५, अभय यादवले २ तथा शुशील रावल र विपिन शर्माले १–१ विकेट लिए ।

    यो जितसँगै नेपालले दुई खेलबाट ४ अंक जोडेको छ । यसअघिको खेलमा नेपालले सिंगापुरलाई हराएको थियो । पराजित भएको जापानको दुई अंक छ ।

    नेपालले आफ्नो तेस्रो खेल आइतबार इन्डोनेसियासँग खेल्नेछ ।प्रतियोगितामा नेपाल सहित १० टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

    समूह ‘ए’ मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान तथा जापान छन् भने समूह ‘बी’ मा मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।



    lumbinisanjal   
  • २०८२ असार १०, मंगलवार १३:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP