• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

    • lumbinisanjal
    • २०८२ चैत्र २६, बिहीबार २३:१६
    793
    SHARES
    रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

    बुटवल ,२६ चैय । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा परी मर्चवारी गाउँपालिकाका पूर्ववडा अध्यक्षको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दका अनुसार, मर्चवारी गाउँपालिका वडा नम्बर ३ बस्ने ४६ वर्षीय विकास यादव (नारायण यादव) सवार मोटरसाइकल रोकीराखेको ट्रलीमा ठोक्किँदा उनी गम्भीर घाइते भएको थिए ।

    घटनापछि घाइते यादवलाई उपचारका लागि भैरहवास्थित भीम अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्‍याउना साथ चिकित्सकले उनलाई मृत घोषणा गरेको चन्दले जानकारी दिए ।



    lumbinisanjal   
  • २०८२ चैत्र २६, बिहीबार २३:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP