• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    बलात्कारको अभियोगमा दुई जना पक्राउ

    • lumbinisanjal
    • २०८२ जेष्ठ १४, बुधबार १०:११
    2.4K
    SHARES
    बलात्कारको अभियोगमा दुई जना पक्राउ

    वीरगञ्ज,१४ जेठ । बलात्कारको अभियोगमा पर्साका दुई जना पक्राउ परेका छन् । जगरनाथपुर गाउँपालिका– ६ सङ्ठीका २३ वर्षीय विशाल यादवलाई किशोरी बलात्कारको अभियोगमा पक्राउ गरिएको हो ।

    पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालका अनुसार भारतीय नागरिक मनिष पासवानलाई पनि यस्तै अभियोगमा सोमबार पक्राउ गरिएको छ । अभियुक्त पासवानले किशोरीलाई प्रलोभनमा पारेर भारतमा लगी पटकपटक करणी गरेकाे खुल्न आएकाे प्रहरीले जनाएको छ ।

    पीडितका तर्फबाट प्राप्त जाहेरीका आधारमा अभियोग लागेका यादव र पासवानलाई करणीसम्बन्धी कसुरमा जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिएर अनुसन्धान भइरहेको सूचना अधिकारी लम्सालले जानकारी दिए ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ १४, बुधबार १०:११
  • #Pakrau

    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP