• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    रूपन्देही सुपरलिगः तिलोत्तमाद्वारा सैनामैना १२४ रनले पराजित

    • lumbinisanjal
    • २०८१ माघ २१, सोमबार १६:२८
    3.4K
    SHARES
    रूपन्देही सुपरलिगः तिलोत्तमाद्वारा सैनामैना १२४ रनले पराजित

    बुटवल , २१ माघ । बलर हावी बन्दा रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा तिलोत्तमा क्रिकेट एकेडेमीले सैनामैना क्रिकेट क्लबमाथि रबाफिलो जित निकालेको छ । सोमबार भएको ‘ए’ डिभिजनको खेलमा तिलोत्तमाले सैनामैनामाथि १ सय २४ रनको जित निकाल्यो । यसक्रममा तिलोत्तमाका बलरले उत्कृष्ट प्रदर्शन गरे भने सैनामैनाका ब्याटर उनीहरुका सामु निरीह बने ।

    भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको तिलोत्तमाले निर्धारित ५० ओभरमा ४५ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर १ सय ९२ रन बनायो । उसका लागि प्रतीक भट्टराईले ३४, सन्दीप यादवले ३१, कृष्ण भुसालले २०, अमन बोहरा र रोशन घिमिरेले समान ११–११ तथा आशुतोष पाण्डेले १० रन बनाए । बलिङमा सैनामैनाका किरण भट्टराईले ५, ऋदम सुवेदीले ३ तथा प्रदीप सुवेदी र ईश्वर क्षेत्रीले १–१ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको सैनामैना १७ ओभरमै अलआउट भयो र जम्मा ६८ रन बनायो । उसलाई सस्तैमा रोक्न तिलोत्तमाका विपिन खत्रीले ८ ओभरमा १ मेर्डन राख्दै ३० रन खर्चेर ६ विकेट लिए । यस्तै, कृष्ण कार्कीले ८ ओभरमा २७ रन खर्चेर ४ विकेट हात पारे । सैनामैनाका मनिष खत्रीले २४ र विक्रम गौतमले १३ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिम पराजित भयो । खेलमा विपिन खत्री प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

    रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहप्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।



    lumbinisanjal   
  • २०८१ माघ २१, सोमबार १६:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP