• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    नेताहरूले गरेको योगदानलाई जनतासामु लैजान जरुरी : सभापति देउवा

    • lumbinisanjal
    • २०८२ जेष्ठ १०, शनिबार १५:०१
    2.4K
    SHARES
    नेताहरूले गरेको योगदानलाई जनतासामु लैजान जरुरी : सभापति देउवा

    काठमाडौं ,१० जेठ ।  नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीका नेताहरूले गरेको योगदानलाई जनतासामु लैजान जरुरी रहेको बताएका छन् ।

    शनिबार काठमाडौंमा काङ्ग्रेसका नेता तथा स्याङ्जाका पूर्वसभापति एवं पूर्व सांसद स्वर्गीय खगेन्द्र राज रेग्मीको प्रथम स्मृतिसभालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीमा रहेर देशका लागि नेताहरूले गरेका योगदानलाई जनतासामु लैजान जरुरी रहेको बताएका हुन् ।

    उनले नेताहरूले छाडेर गएका बाँकी कामहरूलाई सबै मिलेर पुरा गर्नुपर्ने धारणा राखे । सभापति देउवाले स्वर्गीय नेता रेग्मी पार्टीमा समर्पित भएर काम गर्ने व्यक्ति भएको स्मरण गरे ।

    कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले राजनीतिमा लागेका व्यक्तिले प्रतिफलको आश गर्न नहुने भन्दै राजनीति त्याग र निरन्तर यात्रा भएको बताए ।

    राजनीतिक यात्रामा धेरै अवरोध आउने भएकाले त्यसलाई छिचोल्दै अघि बढ्न सक्नुपर्ने उनले बताए । गुरुङले राजनीतिक यात्राका क्रममा कांग्रेस सभापतिले पनि धेरै उतारचढाव खेप्नुपरेको भन्दै पाँच पटक प्रधानमन्त्री बन्यो भनेर रिस गर्न नहुने धारणा राखे ।

    त्यस्तै कांग्रेस नेताहरूले मुलुकलाई अघि बढाउनका लागि अग्रज नेताहरूले गरेको योगदानलाई स्मरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ १०, शनिबार १५:०१
  • #sher bahadur deuwa

    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP