• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    पौडेललाई गभर्नर बन्न बाटो खुल्ला

    • lumbinisanjal
    • २०८२ जेष्ठ ६, मंगलवार १७:२८
    3.3K
    SHARES
    पौडेललाई गभर्नर बन्न बाटो खुल्ला

    काठमाडौं , ६ जेठ । सर्वोच्च अदालतले डा विश्व पौडेललाई गभर्नर बन्न रोक नहुने ठहर गरेको छ । मंगलबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उनलाई गभर्नर बन्नबाट रोक्ने रिट दरपिठ गर्ने सर्वोच्च प्रशासनको यसअघिको आदेश सदर गरेपछि पौडेललाई गभर्नर बन्न बाटो खुलेको हो ।

    अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले पौडेल गभर्नर बन्न नमिल्ने भन्दै सर्वोच्चमा गत वैशाख ३० मा रिट दायर गरेका थिए । तर, उक्त रिट सर्वोच्च अदालतले यही जेठ २ मा दरपिठ गरिदिएको थियो ।

    उप्रेती र थापाले पौडेल राजनीतिक दलमा सदस्य भएका व्यक्ति गभर्नर नियुक्त हुन नसक्ने र नेपाली कांग्रेसको महासमिति सदस्य तथा निर्वाचनमा पराजित प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेकाले गभर्नर बन्न नमिल्ने भन्दै रिट दायर गरेका हुन् ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ ६, मंगलवार १७:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP