• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवलको एओसी कलेजमा ५ वर्षदेखि नेपाल-भारत दुबै बोर्डको सि.ए. तयारी कक्षा

    • lumbinisanjal
    • २०८२ जेष्ठ ३, शनिबार १०:२७
    5.3K
    SHARES
    बुटवलको एओसी कलेजमा ५ वर्षदेखि नेपाल-भारत दुबै बोर्डको सि.ए. तयारी कक्षा

    बुटवल , ३ जेठ । विगत ५ वर्षदेखि सिए (चार्टर एकाउन्टेन्ट) तयारी कक्षा सञ्चालन गरिरहेको एओसी सि.ए. कलेज बुटवलले ७० देखि ७५ प्रतिशत नतिजा दिईरहेको छ । नेपाल र इण्डिया दुईवटै बोर्डले लिने सिए परीक्षाको तयारी कक्षा सञ्चालन गरिरहेको यो कलेज एओसी काठमाण्डौको शाखा हो । सिए एक प्रकारको प्रोफेसनल प्राविधिक विषय हो । यो विषय अध्ययनका लागि जुनसकुकै विषय अध्ययन गरेका विद्यार्थीले पनि पढ्न सक्छन् । सिए अध्ययनका लागि कक्षा १२ को परीक्षामा २ जिपिए अंक ल्याउनु पर्ने एओसी बुटवल शाखाका सञ्चालक सिए रविन कार्की बताउनु हुन्छ ।

    सिए अध्ययनका लागि कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले रिजल्ट पनि कुर्नु पर्दैन । आफूलाई सिए अध्ययनका लागि मिट गर्ने जिपिए आउँछ भन्ने लागेको छ भने कक्षा १२ को परीक्षा दिएपछि बोर्डमा फारम भरेर पढाई सुरु गर्न सकिने उहाँले बताउनु भयो ।
    काठमाण्डौ बाहिर अध्ययन सामाग्रि पाईदैन कि, पढाउने दक्ष जनशक्ति छैन की भन्ने पनि छैन । सबै प्रकारका सेवा सुविधा भएकाले ढुक्कसंग आउन उहाँले आग्रह गर्नुभयो । तर ईष्टिच्युसनहरुले विद्यार्थी तान्नका लागि विभिन्न प्रलोभनहरु पनि देखाउने भएकाले सजगता अपनाउन उहाँले आग्रह गर्नुभयो ।

    ‘सिए अध्ययन गर्न धेरै गाह्रो र आर्थिक रुपमा महंगो पनि हुन्छ भन्ने धेरैको मनमा छ ।’ उहाँले भन्नुभयो–‘तर, आम मानिसले सोंचेजस्तो गाह्रो र आर्थिक रुपमा धेरै खर्चिलो होईन ।’ सिए विषय आफैमा गाम्भिर्य छ । विषयको गाम्भिर्यताको आधारमा मेहनत गर्नुपर्छ, तर पढ्नै सकिँदैन भन्ने होईन, उहाँले भन्नुभयो । उहाँका अनुसार यो विषय अध्ययन गर्न धेरै महंगो पनि छैन ।

    नेपाल बोर्डबाट लिईने सिए प्रमाणपत्रको लागि ५ वर्ष र इण्डिया बोर्डको लागि ४ वर्ष लाग्छ । त्यसका लागि त्यसका लागि सबै गरेर ४ देखि ५ लाख रुपैंयामा पुरा गर्न सकिन्छ । एओसीका सञ्चालक कार्कीले यो शुल्क अन्य शैक्षिक कार्यक्रमका लागि पनि लाग्ने भएकाले महंगो मान्न नसकिने बताउनु हुन्छ ।

    सिए बोर्डले तयार गरेको करिकुलम अनुसार पहिलो ६ महिना पहिलो चरण, त्यस पछिको ९ महिना दोस्रो चरण र र त्यसपछिको ३ वर्ष फाईनल चरणमा सिए सकिन्छ । बुटवलमा नेपाल इण्डिया दुबै बोर्डको सिए तयारी कक्षा सञ्चालन गर्ने एओसी एक मात्रै संस्था हो ।
    दुबै पाठ्यक्रम लागत, वित्त, लेखा र लेखा परीक्षण जस्ता विषयहरू समावेश छन् । यद्यपि, कानून र करका क्षेत्रहरूमा भिन्नताहरू छन्, जसले नेपाल र भारतको सम्बन्धित आवश्यकतालाई प्रतिबिम्बित गर्दछ ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ ३, शनिबार १०:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP