• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवल कालिकानगरमा ट्रायम्फ ब्राण्ड मोटरसाईकलको विक्रि शुरु

    • lumbinisanjal
    • २०८२ बैशाख २६, शुक्रबार १६:२४
    6.9K
    SHARES
    बुटवल कालिकानगरमा ट्रायम्फ ब्राण्ड मोटरसाईकलको विक्रि शुरु

    बुटवल,२६ बैशाख । बुटवलको कालिकानगरमा ट्रायम्फ ब्राण्डको मोटरसाईकलको विक्रि शुरु गरिएको छ। ट्रायम्फ नेपालको लागि यस क्षेत्रको आधिकारीक बिक्रेताको अनुमति लिएको बस्याल अटोकर्पले आजबाट बिक्रि कक्षको शुभारम्भ गरेको हो।

    बश्याल अटो कर्पको उद्घाटन गर्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले लुम्बिनी प्रदेशकै आर्थिक केन्द्र बुटवलबाट विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फको डिलर सञ्चालनले मोटरसाइकल पारखीहरुलाई नयां ब्राण्डका मोटरसाईकल प्रयोग गर्न सहज हुने बताए। अर्यालले मोटरसाईकलको बिक्री संगै पार्ट्स पुर्जाहरुको उपलब्धताबाट कम्पनीको सफलता र असफलता जोडिने बताए।

    पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले बोल्दै विश्व प्रसिद्ध ब्राण्डको शोरुम बुटवलमा सञ्चालनमा आउनुले यहांको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताउदै युवा पुस्ताको मनोभावना बुझेर नया मोडलको मोटरसाईकल बिक्रि बितरणलाई सकारात्मक लिनुपर्ने बताए। उनले मोटरसाईकलको बिक्रिसंगै मोटरसाईकल प्रयोगकर्ताहरुलाई हेलमेटको प्रयोग मोटरसाईकलको अभिन्न अंगको रुपमा लिन सुझाव दिए।

    ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले स्क्र्याबलर ४०० एक्स र स्पीड ४०० गरी दुई मोडेलका बाइकहरु इन्जिन, पिकअप र बीएचपीमा अन्य बाइक भन्दा बलिया, उत्कृष्ट इन्जिनियरिङ र सुरक्षित भएको बताए।

    थापाका अनुसार मोटरसाईकलमा ६ गियरसहितको इन्जिन,३७.५ न्युटन मिटर टर्कसहित पिकअप क्षमता र ब्रेक हर्स पावर ३९ रहेकाले जस्तोसुकै सडकमा सहजरुपमा चलाउन सकिन्छ। मोटरसाईकलमा इमोबिलाइजर यन्त्र जडान भएकाले कसैले चोरेर लैजान नसक्ने उनको दावी छ।

    थापाका अनुसार स्क्र्याबलर ४०० एक्सको सिट हाइट ८३५ एमएम र स्पीड ४०० को सिट हाइट ७९० एमएम तथा दुबै मोडेलका बाइकमा १३ लिटर पेट्रोल ट्यांकी रहेका छन्। यसका साथै स्क्र्याबलर ४०० एक्स चार रंगमा र स्पीड ४०० तीन रंगमा उपलब्ध रहेका छन्।

    शो रुम उद्घाटनको पहिलो दिनमै १५ वटा मोटरसाइकल विक्रि भई डेलिभरी भएसँगै स्थानीय ग्राहकको अत्यधिक उत्साह झल्किएको बश्याल अटोकोर्पका सञ्चालक आकर्षक बश्यालले बताए।

    पहिलो दिनमै बाइक राइडरहरूले ट्रायम्फ बाइकलाई अत्यधीक रुचाएर सकारात्मक प्रतिक्रिया दिएपछि आफूहरु उत्साहित भएको उनले बताए।

    शोरुममा दक्ष जनशक्तिसहित सेल्स, सर्भिस र स्पेयर  सहज उपलब्धताले अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा महसुस हुने उनले बताए। शोरुम उद्घाटनमा बश्याल अटो कर्पका अध्यक्ष गोपाल बस्यालका अनुसार बेलायतबाट शुरु भएको ट्रायम्फ बाइक पछिल्लो समय भारतबाट उत्पादन र पश्चिम नवलपरासीको भूमहीमा एसेम्बल भइरहेको छ। कार्यक्रमको सञ्चालन केशवराज बश्यालको रहेको थियो ।



    lumbinisanjal   
  • २०८२ बैशाख २६, शुक्रबार १६:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP