• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    आन्दोलनरत चिकित्सकले भने-सहमतिपछि पनि काम गर्ने वातावरण बनेन

    • lumbinisanjal
    • २०८२ बैशाख २३, मंगलवार १७:२१
    1.7K
    SHARES
    आन्दोलनरत चिकित्सकले भने-सहमतिपछि पनि काम गर्ने वातावरण बनेन

    काठमाडौं,२३ बैशाख । सहमतिपछि पनि काम गर्ने वातावरण नबनेको भन्दै आन्दोलनरत चिकित्सकले पुनः आन्दोलन थालेका छन् । कतिपय मेडिकल कलेजहरूले प्रवेश नदिएको, राजीनामा दिन दबाब दिएको, डर–त्रास देखाएर धम्की दिएको भन्दै चिकित्सकले पुनः आन्दोलन गर्न बाध्य भएको बताएका छन् । चिकित्सकका माग सम्बोधन हुनेगरी गत वैशाख २० गते शनिबार स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल एशोसिएनबीच ४ बुँदे सहमति भएको थियो । सरकारले आवासीय चिकित्सकलाई सरकारीसरह भत्ता दिएर काममा फर्काउनू भनेको थियो ।सहमतिपछि चिकित्सकहरू आन्दोलन रोकेर काममा फर्किएका थिए ।

    स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिका संयोजक डा. सञ्जय बरालले खबरहबसँग कुरा गर्दै भने, ‘कतिपय मेडिकल कलेजले प्रवेश नदिने, राजीनामा माग्ने, अनेक डरत्रास देखाएर धम्काउने गरेको चिकित्सकले गुनासो गरेका छन् । सरकारीसरह निर्वाह भत्ता नदिएको पाइएकाले हामीले आन्दोलन जारी राखेका हौँ ।’ डा. बरालका अनुसार काठमाडौं मेडिकल कलेज (केएमसी), विराट मेडिकल कलेज र चितवन मेडिकल कलेज (सिएमसी) लगायत केही मेडिकल कलेजले चिकित्सकलाई काममा फर्किने वतावरण बनाएन । सम्पूर्ण निजी मेडिकल कलेजले माग पूरा नगरेसम्म आन्दोलन जारी रहने डा. बरालले बताए ।

    ‘सरकारीसरह ४८ हजार ७ सय ३७ रुपैयाँ निर्वाह भत्ता दिन बारम्बार सरकारले आग्रह गरिरहँदा पनि निजी मेडिकल कलेजले यसअघि दिँदै आएको १७–१८ हजार रुपैयाँमात्रै दिरहेका छन् । हामी बाध्यताले सडकमा आएका हौँ । माग पूरा हुनैपर्छ ।’ डा. बरालले भने ।



    lumbinisanjal   
  • २०८२ बैशाख २३, मंगलवार १७:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP