• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    एसईईको नतिजा आजै प्रकाशित हुने बलियो सम्भावना

    • lumbinisanjal
    • २०८२ असार १३, शुक्रबार १५:४१
    2.9K
    SHARES
    एसईईको नतिजा आजै प्रकाशित हुने बलियो सम्भावना

    काठमाडौँ,१३ असार । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक सुरु भएको छ ।

    माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने विषयमा निर्णय गर्न बोर्ड बैठक सुरु भएको हो ।

    केही प्राविधिक समस्या नदेखिएको खण्डमा आजै प्रकाशित गरिने र नभएको खण्डमा भोली प्रकाशित गर्ने बोर्डको तयारी छ । त्यसै विषयमा निर्णय गर्न बोर्डको बैठक बसिरहेको हो ।

    २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जनाएको छ ।



    lumbinisanjal   
  • २०८२ असार १३, शुक्रबार १५:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP