• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    भैरहवाको सुन्दर हार्डवेयर विरुद्ध राजश्व छलीमा मुद्दा दायर

    • lumbinisanjal
    • २०८२ बैशाख ४, बिहीबार १०:५९
    1.7K
    SHARES
    भैरहवाको सुन्दर हार्डवेयर विरुद्ध राजश्व छलीमा मुद्दा दायर

    बुटवल ,४ बैशाख । राजस्व अनुसन्धान कार्यालय बुटवलले राजस्व छलीको कसुरमा भैरहवाको सुन्दर हार्डवेयर एण्ड प्लाइउडका संचालक जोगेन्द्र अग्रहरी तथा उक्त फर्मविरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दायर गरेको छ।

    कार्यालयले सिद्धार्थनगर नगरपालिका-८ स्थित अग्रहरीले संचालन गरेको पसल तथा गोदामको कारोबारबाट राजस्व चुहावट गरेको अनुसन्धानबाट ठहर गर्दै मंगलबार उच्च अदालतमा अभियोग पत्र दायर गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

    विभागले जारी गरेको विज्ञप्ति अनुसार मुद्दामा ५४ लाख ४१ हजार ४ रुपैयाँ बिगो कायम गरिएको र बिगोको शतप्रतिशत ५४ लाख ४१ हजार ४ रुपैयाँ जरिवाना गरी कुल एक करोड आठ लाख बयासी हजार नौ रुपैयाँ माग दाबी गरिएको छ। साथै, ऐन बमोजिम हदैसम्मको कैद सजाएको मागदावी समेत गरिएको छ।

    हेर्नुहोस् विज्ञप्तिः

     



    lumbinisanjal   
  • २०८२ बैशाख ४, बिहीबार १०:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP