• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    नयागाउँ खानेपानीको अध्यक्षमा मिना जिसी निर्वाचित

    • lumbinisanjal
    • २०८१ फाल्गुन २८, बुधबार ०५:११
    2.5K
    SHARES
    नयागाउँ खानेपानीको अध्यक्षमा मिना जिसी निर्वाचित

    बुटवल , २८ फाल्गुन । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा मीना घर्ती (जीसी) विजयी हुनुभएको छ । अध्यक्षमा बिजयी कांग्रेसकी मीना जीसीले ८१४,निकटतम प्रतिस्पर्धी एमालेका नामबहादुर कुवरले ८०८ र स्वतन्त्रका बामदेव भुसालले ७५८ मत पाउनुभयो । बुटवल वडा न १२ र १३ का गरि कूल ४ हजार ७०६ मतदातामध्ये २ हजार ६०४ मात्रै मतदानमा सहभागि भएका थिए ।

    निर्वाचनमा कांग्रेस र राप्रपा,एमाले –माओबादी–जनमोर्चा ,राष्ट्रिय स्वतन्त्र पार्टीका छुट्टाछुट्टै प्यानल बनाएर भिडेका थिए । पदाधिकारीको अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा जीसी ८१४,उपाध्यक्षमा सिर्जना पौडेल ८१२ ,सचिवमा रामप्रसाद भुसाल ८४४ , कोषाध्यक्षमा सुमित्रा खनाल ७९८ ,तथा सहसचिवमा ढुण्डिराज खनाल ८७७ मतसहित निर्वाचित हुनुभएको हो । नयाँ नेतृत्वका लागि फागुन २४ गते मतदान भएको थियो ।

    लेखा समितिको संयोजकमा अग्नी प्रसाद पौडेल ७६६ सदस्यमा चन्द्रकान्त आचार्य ५९५ र टिकामाया भण्डारी ६१६ त्यस्तै अनुगमन समितिको संयोजकमा गणेश आचार्य ८९३,नारायण खनाल ७७५ र बाबुराम भुसाल ९३१ मत सहित बिजयी हुनुभयो । कार्यसमिति सदस्यको भने अझैपनि मतगणना जारी रहेको छ आज बेलुका सम्ममा परिणाम सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।

    नयाँगाउँमा २ लाख २५ हजार घन मिटर र बेलबासमा ४ लाख ५० हजार घन मिटर पानीको क्षमताका २ वटा ओभरहेड ट्यांकी रहेपनि अब थप पानीको स्रोतको खोजी गरि ब्यवस्थापन गरिने र उपभोेक्तालाइ सहज पानीको आपूर्ति गरिने नवनिर्वाचित अध्यक्ष मिना जीसीले नागरिक अनलाइनलाई जानकारी दिनुभयो । २३ जनाको कार्यसमितिका लागि ६९ जनाबिच कडा प्रतिस्पर्धा भएको थियो ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन २८, बुधबार ०५:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP