• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    अल नेपाल ओपन बुटवल मेयर कप स्नुकर च्याम्पियनशिपको उपाधी हेटौडाका सोम लामालाई

    • lumbinisanjal
    • २०८१ फाल्गुन २३, शुक्रबार १३:२०
    2.2K
    SHARES
    अल नेपाल ओपन बुटवल मेयर कप स्नुकर च्याम्पियनशिपको उपाधी हेटौडाका सोम लामालाई

    बुटवल , २३ फाल्गुन । बुटवलमा आयोजित सर्वाधिक पुरस्कार राशीको अल नेपाल ओपन बुटवल मेयर कप स्नुकर च्याम्पियनशिपको उपाधी हेटौडाका सोम लामाले जितेका छन् । खस्यौली स्नुकर क्लब बुटवलमा बिहीबार भएको ७ घण्टा लामो खेलमा सोमले बिर्तामोडका सरोज गौतमलाई ७-५ अंक अन्तरले पछाडि पार्दै उपाधि जितेका हुन् ।

    बेस्ट अफ १३ का आधारमा खेलाईएको खेलमा शुरुका ५ सेट सोम लामाले लगातार जितेका थिए । त्यसपछि सरोजले लगातार ४ सेट जितेका थिए । दशौं सेट सोमले जितेर अग्रता बढाउदा एघारौं सेट सरोजले जितेपनि बाह्रौं सेट जितेर सोमले उपाधीमाथि कब्जा जमाउन सफल भए ।

    नेपाल विलियर्डस स्नुकर तथा पुल संघ रुपन्देही र खस्यौली स्नूकर क्लबको संयुक्त आयोजनामा फागुन १२ देखि सुरु भएको प्रतियोगितामा देशभरबाट १२८ जना खेलाडीले भाग लिएका आयोजक संघका महासचिव प्रकाश क्षेत्रीले बताए ।

    प्रतियोगिताको उपाधी विजेता सोम लामाले ३ लाख ३ हजार, उपविजेता सरोजले एक लाख एक हजार, हाइएस्ट ब्रेकरले सोम लामाले ५५ हजार रुपैयाँ, सेमिफाइनलमा पुगेका बुटवलका रेगन श्रेष्ठ र काठमाडौंका वाङ चु तामाङले नगद ३०/३० हजार रुपैया पाए ।

    विजेता खेलाडी हरुलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खिलराज पाण्डे, नगरका प्रवक्ता शिव राना, आयोजक संघका अध्यक्ष सुजन पुन, बुटवल ४ का अध्यक्ष नरिश्वर पौडेल, ५ का वडाध्यक्ष हरिप्रसाद श्रेष्ठ, ६ का वडाध्यक्ष लोकनाथ न्यौपाने , खेल संयोजक शिशिर गुरुङले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

    हाल सम्मकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताले स्नुकर खेल र बुटवलको नाम थप उचाइमा पुराएको वक्ताहरुले बताएका थिए ।प्रतियोगिता लाई बुटवल उपमहानगरले मुख्य आर्थिक सहयोग गरेको थियो भने सिंह कम्प्लेक्सका महेशमान सिंह, आवास ग्रुपका महेश थैब, आयोजक संघका पूर्व अध्यक्ष हरी क्षेत्री, बुटवल वडा न १, ४,५,६,१० लगाएत विभिन्न व्यक्ति, संघ संस्थाले आर्थिक सहयोग गरेका थिए ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन २३, शुक्रबार १३:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP