• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि

    • lumbinisanjal
    • २०८१ फाल्गुन ११, आईतवार ०३:१८
    1.9K
    SHARES
    केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि

    काठमाडौं, ११ फाल्गुन । केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा हुने प्रतियोगितामा ९ टिमले भाग लिँदैछन् ।

    फागुन १९ गतेसम्म चल्ने प्रतियोगिताको उद्‌घाटन खेलमा आज विभागीय टिम एपीएफ र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा दिउँसो ३ बजे सुरु हुनेछ । प्रतियोगितामा विभागीय टिम एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिससहित उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी, भुटानको एससी ट्रान्सपोर्ट युनाइटेड, मछिन्द्र क्लब, एनआरटी क्लब, सङ्कटा क्लब र केपी ओली एफसी सहभागी छन् ।

    प्रतियोगिताका सेमिफाइनल र फाइनल खेल दशरथ रङ्गशालामा हुने छन् भने त्यसअघिका खेल एन्फा कम्प्लेक्समा हुने छन् ।प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने आयोजक युवा सङ्घ नेपालले जनाएको छ ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन ११, आईतवार ०३:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP