• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

    • lumbinisanjal
    • २०८३ आश्विन २८, बुधबार १६:५१
    299
    SHARES
    मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

    काठमाडौँ । यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (असोज २८) गते देशका सबै भूभागबाट मनसुन बाहिरिएको हो ।

    मनसुन बाहिरिएसँगै आगामी केही दिन मौसम सामान्यतया सफा र घमाइलो रहने पूर्वानुमान गरिएको छ ।

    महाशाखाका अनुसार यस वर्ष असार ५ गते नेपालमा मनसुन भित्रिएको थियो । सामान्यतया जुन १३ मा भित्रिने मनसुन अक्टोबर २ मा बाहिरिने गरे पनि यस वर्ष सरदर मितिभन्दा १२ दिन ढिलो गरी बाहिरिएको हो ।

    असोज १७ गतेदेखि पश्चिमी तथा उत्तरी भूभागबाट बाहिरिन थालेको मनसुन अहिले देशभरबाट हटेको छ । मनसुन अवधिमा समग्रमा सरदर वर्षा भए पनि भूगोलअनुसार वर्षाको मात्रा फरक रहेको छ । तराई र पहाडी क्षेत्रको तुलनामा हिमाली क्षेत्रमा बढी वर्षा भएको महाशाखाले जनाएको छ ।

    मनसुन बाहिरिए पनि पहाडी क्षेत्रका एक–दुई स्थानमा छिटपुट वर्षा हुन सक्ने सम्भावना रहेकाले ध्यान दिन आग्रह गरिएको छ ।



    lumbinisanjal   
  • २०८३ आश्विन २८, बुधबार १६:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP