• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    डा शेखर कोइरालाले भेटे प्रकृति लम्सालको परिवारलाई

    • lumbinisanjal
    • २०८१ फाल्गुन १७, शनिबार १३:५०
    1.8K
    SHARES
    डा शेखर कोइरालाले भेटे प्रकृति लम्सालको परिवारलाई

    बुटवल ,१७ फाल्गुन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले भारतको उडिसाको केआईआईटी कलेजमा भएको दुखदमा घटनामा परि निधन भएकी प्रकृति लम्सालको परिवारसँग भेटेर घट्नाको निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको कारबाहीको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकिएको बताएका छन् ।

    रुपन्देहीको भैरहवा स्थित रहेको उनको निवासमा पुगेर कोइरालाले प्रकृतिको बुवा, आमा, हजुरबुबा र भाइलाई भेटेर नेपाल सरकार र कांग्रेस पार्टीले यस घट्नालाई अत्यन्तै गम्भीर रूपमा लिएको बताए ।कोइरालाले उक्त कलेजमा अध्ययनरत सम्पूर्ण नेपाली विधार्थीहरुलाई सहजतापूर्वक होस्टेलमा फर्कने, बस्ने वातावरण र अध्ययनको लागि आवश्यक पहल भइरहेको पनि बताए ।

    लम्सालको परिवारलाई भेट्न कोइराला सहमहामन्त्री जीवन परियार, संघीय सांसद सुरेन्द्र आचार्य, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री प्रचण्डबिक्रम न्यौपाने, कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल , बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे , लुम्बिनी प्रदेश सदस्य बिष्णु पोखरेल लगायतलाई साथमा लिएर पुगेका थिए।



    lumbinisanjal   
  • २०८१ फाल्गुन १७, शनिबार १३:५०
  • #डा शेखर कोइरालाले भेटे प्रकृतिको परिवारलाई

    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP