• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    मेगा कलेज र लुम्बिनी एक्सबीच समझदारीपत्रमा हस्ताक्षर

    • lumbinisanjal
    • २०८३ श्रावण १९, मंगलवार १५:३८
    793
    SHARES
    मेगा कलेज र लुम्बिनी एक्सबीच समझदारीपत्रमा हस्ताक्षर

     लुम्बिनी एक्स ह्याकाथन आयोजना गर्न सहकार्य, नवप्रवर्तन र प्रविधि विकासमा जोड
    बुटवल । वेस्टर्न मेगा कलेज र लुम्बिनी एक्सबीच नवप्रवर्तन, सूचना प्रविधि तथा उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर सम्पन्न भएको छ।

    समझदारीअनुसार दुवै संस्थाको सहकार्यमा लुम्बिनी एक्स ह्याकाथन आयोजना गरिनेछ। ह्याकाथनमार्फत विद्यार्थी तथा युवाहरूमा सिर्जनशील सोच, समस्या समाधान क्षमता, अनुसन्धान, प्रविधिमैत्री सीप र उद्यमशीलताको विकास गर्ने लक्ष्य राखिएको छ।

    ‘जहाँ अध्यात्म र नवप्रवर्तनको संगम हुन्छ’ भन्ने मूल नारासहित सञ्चालन हुने कार्यक्रमले लुम्बिनीलाई आध्यात्मिक महत्वसँगै प्रविधि र नवप्रवर्तनको केन्द्रका रूपमा स्थापित गर्न टेवा पुग्ने विश्वास गरिएको छ।

    समझदारीपत्रमा मेगा कलेजका प्राचार्य अधिवक्ता किसु शर्माको नेतृत्वमा कलेजका प्रतिनिधिहरू तथा लुम्बिनी एक्सका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। दुवै संस्थाबीचको सहकार्यले विद्यार्थीहरूलाई व्यवहारिक सिकाइ, अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतासँग जोड्ने अवसर विस्तार गर्ने अपेक्षा गरिएको प्राचार्य शर्माले बताउनुभयो ।

    कार्यक्रममार्फत शिक्षा र प्रविधिबीचको सहकार्यलाई सुदृढ बनाउँदै दक्ष जनशक्ति उत्पादन तथा युवाहरूमा नवप्रवर्तनको संस्कृति विकास गर्न सहयोग पुग्ने विश्वास दुवै पक्षले व्यक्त गरेका छन्।



    lumbinisanjal   
  • २०८३ श्रावण १९, मंगलवार १५:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP