• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    एसईई पास विद्यार्थीका लागि काठमाडौंमा निःशुल्क +२ पढ्ने अवसर, ‘प्रोजेक्ट शिक्षा’ मा आवेदन खुल्ला

    • lumbinisanjal
    • २०८२ असार २५, बुधबार १७:२४
    5.2K
    SHARES
    एसईई पास विद्यार्थीका लागि काठमाडौंमा निःशुल्क +२ पढ्ने अवसर, ‘प्रोजेक्ट शिक्षा’ मा आवेदन खुल्ला

    काठमाडौं, २५ असार। नेपालभरिका एसईई उत्तीर्ण विद्यार्थीहरूका लागि काठमाडौंमा निःशुल्क +२ अध्ययनको अवसर खुलेको छ। ‘प्रोजेक्ट शिक्षा’ नाम दिइएको छात्रवृत्ति कार्यक्रममार्फत ११० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ।

    छात्रवृत्तिको विवरण:

    🔹 पूर्ण छात्रवृत्ति (६० जना):

    • ३० जना पुरुष र ३० जना महिला
    • शैक्षिक शुल्क, खानपिन र होस्टेलसहित पूर्ण निःशुल्क

    🔹 आंशिक छात्रवृत्ति (५० जना):

    • शैक्षिक शुल्क मात्र निःशुल्क

    यस कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले काठमाडौंस्थित उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्ने, निःशुल्क बसोबास र खानपिनको सुविधा पाउनेछन्। अवसर विशेष गरी विपन्न र ग्रामीण क्षेत्रका मेधावी विद्यार्थीहरूलाई लक्षित गरिएको छ।

    आवेदन गर्ने लिङ्क:
    https://projectshiksha.hundredgroupnepal.org/

    आवेदनको अन्तिम मिति: २०८२ असार ३० गते

    सम्पर्क:
    📞 ९८६१११६४५६ / ९८४४४४०९६४ / ९७०११७२६०३

     



    lumbinisanjal   
  • २०८२ असार २५, बुधबार १७:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP