• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    प्रकृति लम्साल मृत्‍यु प्रकरण: उडिसाको विश्वबिधालयले माग्यो माफी

    • lumbinisanjal
    • २०८१ फाल्गुन ५, सोमबार १६:३८
    3.2K
    SHARES
    प्रकृति लम्साल मृत्‍यु प्रकरण: उडिसाको विश्वबिधालयले माग्यो माफी

    बुटवल , ५ फाल्गुन । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले माफी मागेको छ। रुपन्देहीको भैरहवाकी प्रकृति लम्सालको हत्या भए पछि नेपाली बिधार्थी माथि लगाइएको अस्थायी निलम्बन फिर्ता लिएको घोषणासमेत गरेको छ । केआईआईटीले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विद्यार्थीहरूलाई क्याम्पसमा फर्किन प्रोत्साहन गरिन्छ र सामान्य शैक्षिक गतिविधिमा भाग लिनेछन् जुन चाँडै पुनर्स्थापित गरिनेछ, यस अवधिमा उनीहरूको शैक्षिक पक्षलाई बाधा पुर्‍याइने छैन र विश्वविद्यालयले उनीहरूको हेरचाह गर्नेछ ।’

    शैक्षिक कक्षा र छात्रावासको अस्थायी निलम्बन तुरुन्तै फिर्ता लिइएको जनाउँदै बिज्ञप्तिमा भनिएको छ, ‘शान्ति कायम राख्न र उचित न्याय सुनिश्चित गर्ने उदेशयले यो कदम चालिएको हो ।केआईआईटीले थप अप्रिय घटनाहरू हुन नदिन र सहज र निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न नेपाली विद्यार्थीलाई स्थानीय सोधपुछ भइरहेकाेसमेत जनाएकाे छ । आइतबार २० वर्षीया नेपाली छात्रा प्रकृति लम्साल होस्टेलमा मृत अवस्थामा भेटिएकी थिइन् ।

    उनले आत्महत्या गरेको आशंका गरिए पनि सो कारण अप्रत्याशित रूपमा विश्वबिधालय प्रशासनले नेपाली बिधार्थी माथी धरपकड गरिएको थियो । सो घटनाका बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रि आरजु राणा देउवाले पनि चासो ब्यक्त गरेकी थिइन् ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन ५, सोमबार १६:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP