• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    रुपन्देहीमा गोली हानी एक पुरुषको हत्या

    • lumbinisanjal
    • २०८१ फाल्गुन १७, शनिबार ०५:११
    7.2K
    SHARES
    रुपन्देहीमा गोली हानी एक पुरुषको हत्या

    बुटवल , १७ फाल्गुन । रुपन्देहीको मायादेवीमा गोलीहानी एक पुरुषको हत्या भएको छ । मायादेवी गाउँपालिका वडा न.२ डङ्गचाहावाका अन्दाजी २९ वर्षिय राजु(राजेशसिंह)लोधलाई घरमै गोलीहानी गयराती हत्या गरिएको आसंका छ ।

    मृत्यु हुने लोधको टाउँकोमा २ राउण्ड गोली चलाएर हत्या गरिएको छ । दाजुभाई विच जग्गाको विषयमा केही महिना देखि विवाद चलेको थियो । गयराती देखि राजु लोधका दाई दिपक लोध फरार छन् त्यसकारण पनि जग्गालाई लिएर आफ्नै दाईले हत्या गरेको हुन सक्ने स्थानीयले आरोप लगाएका छन् ।

    घटनाबारे प्रहरीलाई विहान थाहा भएको थियो । घटना हुनसाथ तत्काल रुपन्देही प्रहरी घटनास्थल पुगी घटनाबारे प्रारम्भिक रुपमा अनुसन्धान थालेको छ ।

     



    lumbinisanjal   
  • २०८१ फाल्गुन १७, शनिबार ०५:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP