• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    रुपन्देही जिल्ला हाप्किडोको ग्रेडिङ तथा सम्मान

    • lumbinisanjal
    • २०८३ असार २८, आईतवार १९:३१
    1.7K
    SHARES
    रुपन्देही जिल्ला हाप्किडोको ग्रेडिङ तथा सम्मान

    बुटवल । हाप्किडो खेलमा आवद्ध खेलाडीहरुको ग्रेडिङ तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । रुपन्देही जिल्ला हाप्किडो संघको आयोजित बृहत् ग्रेडिङ तथा सम्मान कार्यक्रम शनिबार बुटवलमा सम्पन्न भएको हो ।

    कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रा देवी अर्यालले आत्मरक्षाको खेल हाप्किडो बालबालिकाहरुका लागि उपयोगी भएको बताए । हाप्किडो खेल र प्रतियोगिताको विकासमा स्थानिय सरकारबाट बजेट बिनियोजन गर्ने उनले प्रतिवद्धता जनाईन ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रा देवी अर्याल, वडा नं. ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, वडा नं. १७ का अध्यक्ष ज्ञानबहादुर रेश्मी, संघका अध्यक्ष भुमलाल श्रेष्ठ, संयोजन रबिन श्रेष्ठले खेलाडीहरुलाई सम्मान तथा मायाको चिनो बितरण गरेका थिए ।

    कार्यक्रममा विभिन्न तहका हाप्किडो शिक्षार्थीहरूको ग्रेडिङ सम्पन्न हुनुका साथै हाप्किडोका विविध आत्मरक्षा तथा मार्सल आर्टसम्बन्धी आकर्षक डेमो प्रदर्शन प्रस्तुत गरिएको संघका सचिव बसन्ता जी.सी.ले बताईन ।

    कार्यक्रमको संघका अध्यक्ष भुमलाल श्रेष्ठले रुपन्देही हाप्किडोको विकासका लागि स्थानिय सरकार तथा विभिन्न ब्यवसायी संघसंस्थाहरुबाट सहयोग मिलेको बताए ।

     



    lumbinisanjal   
  • २०८३ असार २८, आईतवार १९:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP