• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    पश्चिम नेपालकै अग्रणी शैक्षिक गन्तव्य : लुम्बिनी बाणिज्य क्याम्पस

    • lumbinisanjal
    • २०८३ असार २७, शनिबार ११:२८
    728
    SHARES
    पश्चिम नेपालकै अग्रणी शैक्षिक गन्तव्य : लुम्बिनी बाणिज्य क्याम्पस

    बुटवल । पश्चिम नेपालकै अग्रणी शैक्षिक गन्तव्यका रूपमा स्थापित लुम्बिनी बाणिज्य क्याम्पसले शैक्षिक सत्र २०८३/०८४ का लागि एमबीए–बिएफ (MBA-BF) बिहानी सत्रमा नयाँ भर्ना खुला गरेको छ।

    त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त तथा विश्वविद्यालय अनुदान आयोग (यूजीसी) को तेस्रो चक्रको QAA मान्यता हासिल गरेको क्याम्पसले गुणस्तरीय शिक्षा, अनुसन्धानमुखी सिकाइ, अनुभवी प्राध्यापक र उत्कृष्ट शैक्षिक वातावरणमार्फत समग्र लुम्बिनी प्रदेशकै विश्वासिलो उच्च शैक्षिक गन्तव्यका रूपमा आफ्नो पहिचान स्थापित गरेको जनाएको छ।

    क्याम्पस प्रमुख डा. तारा प्रसाद उपाध्यायले लुम्बिनी बाणिज्य क्याम्पस केवल शैक्षिक प्रमाणपत्र प्रदान गर्ने संस्था नभई दक्ष, सक्षम, नैतिक र व्यावसायिक नेतृत्व उत्पादन गर्ने केन्द्र भएको बताउनुभयो।

    उहाँले “समग्र लुम्बिनी प्रदेशका विद्यार्थीहरूको पहिलो रोजाइ बन्न सफल हाम्रो क्याम्पसले गुणस्तरीय शिक्षा, अनुसन्धान, नवप्रवर्तन र व्यावसायिक दक्षतालाई प्राथमिकतामा राखेर शिक्षण गर्दै आएको छ।

    विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्नु हाम्रो मुख्य उद्देश्य रहेको उल्लेख गर्नुभयो । प्रदेशभित्रै अन्तर्राष्ट्रियस्तरको व्यवस्थापन शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि लुम्बिनी बाणिज्य क्याम्पस उत्कृष्ट गन्तव्य हो।”

    क्याम्पसका अनुसार एमबीए–बिएफको प्रवेश परीक्षा २०८३ साउन २३ गते (८ अगस्ट २०२६) बिहान ८ बजे सञ्चालन हुनेछ।

    व्यवस्थापन शिक्षामा उत्कृष्ट नतिजा, अनुशासित शैक्षिक वातावरण तथा आधुनिक शिक्षण प्रणालीका कारण लुम्बिनी बाणिज्य क्याम्पस पश्चिम नेपालसहित समग्र लुम्बिनी प्रदेशकै अग्रणी शैक्षिक संस्थाका रूपमा स्थापित हुँदै आएको छ।



    lumbinisanjal   
  • २०८३ असार २७, शनिबार ११:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP