• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    अक्सफोर्ड कलेजमा शैक्षिक सत्र २०८३ का लागि भर्ना खुला

    • lumbinisanjal
    • २०८३ असार २६, शुक्रबार १०:२५
    715
    SHARES
    अक्सफोर्ड कलेजमा शैक्षिक सत्र २०८३ का लागि भर्ना खुला

    “गुणस्तरीय शिक्षा, दक्ष जनशक्ति र उज्ज्वल भविष्य निर्माणमा अक्सफोर्ड कलेज प्रतिबद्ध छ” : प्राचार्य मनोज मरासिनी

    बुटवल। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बुटवल–८, सुख्खानगरस्थित अक्सफोर्ड कलेजले शैक्षिक सत्र २०८३ का लागि स्नातक तहमा भर्ना खुला गरेको छ। कलेजले BHM (Bachelor of Hotel Management), BITM (Bachelor of Information Technology Management), BBS (Bachelor of Business Studies) तथा B.Ed. (Bachelor of Education) कार्यक्रमका लागि विद्यार्थी भर्ना सुरु गरेको जनाएको छ।

    कलेजका प्राचार्य मनोज मरासिनीले अक्सफोर्ड कलेजले केवल शैक्षिक प्रमाणपत्र मात्रै नभई व्यवहारिक ज्ञान, नेतृत्व क्षमता र रोजगारमुखी सीप विकासमा विशेष जोड दिँदै आएको बताए।उनले भने, “आजको प्रतिस्पर्धी युगमा विद्यार्थीलाई बजारको आवश्यकता अनुसार दक्ष बनाउनु हाम्रो मुख्य लक्ष्य हो। अनुभवी प्राध्यापक, आधुनिक शिक्षण पद्धति र अनुशासित शैक्षिक वातावरणमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्न हामी प्रतिबद्ध छौं। विद्यार्थी र अभिभावकलाई अक्सफोर्ड कलेज रोज्न हार्दिक आग्रह गर्दछु।”

    कलेजका अनुसार आधुनिक पूर्वाधार, अनुभवी शिक्षक, व्यवहारिक सिकाइ, अतिरिक्त क्रियाकलाप तथा विद्यार्थीमैत्री वातावरणका कारण अक्सफोर्ड कलेज बुटवल क्षेत्रमा उच्च शिक्षाको उत्कृष्ट गन्तव्यका रूपमा स्थापित हुँदै आएको छ।

    इच्छुक विद्यार्थी तथा अभिभावकले कलेजमै पुगेर वा सम्पर्क नम्बरमार्फत थप जानकारी लिएर भर्ना प्रक्रिया पूरा गर्न सक्ने कलेजले जनाएको छ।



    lumbinisanjal   
  • २०८३ असार २६, शुक्रबार १०:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP