• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    वेस्टर्न मेगा कलेज र नेम आईटी एजुकेशनबीच सम्झौता

    • lumbinisanjal
    • २०८३ भाद्र १, सोमबार १२:४६
    208
    SHARES
    वेस्टर्न मेगा कलेज र नेम आईटी एजुकेशनबीच सम्झौता

    बुटवल । बुटवल–१५, ढवाहमा रहेको वेस्टर्न मेगा कलेज प्रा.लि. र नेम आईटी एजुकेशनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ।

    कलेजका विद्यार्थीहरूको प्राविधिक क्षमता अभिवृद्धि, आईटीसम्बन्धी तालिम तथा इन्टर्नसिपका अवसर उपलब्ध गराउने उद्देश्यले दुई संस्थाबीच सम्झौता गरिएको हो। सम्झौता आगामी साउन ३१ गतेदेखि लागू हुने जनाइएको छ।

    सम्झौतापत्रमा वेस्टर्न मेगा कलेजका प्राचार्य अधिवक्ता किसु शर्मा र नेम आईटी एजुकेशनका प्रबन्ध निर्देशक इन्जिनियर अमृत रानाभाटले हस्ताक्षर गरेका छन्। सम्झौतासँगै दुवै संस्थाबीच आगामी दुई वर्ष विभिन्न चार मुख्य क्षेत्रमा सहकार्य हुने भएको छ।

    सम्झौताअनुसार नेम आईटी एजुकेशनले कलेजको ब्रान्डिङअनुसार ब्रोसर, ब्यानर तथा सामाजिक सञ्जालका सामग्री र प्रोस्पेक्टस डिजाइनमा सहयोग गर्नुका साथै कलेजको आधिकारिक वेबसाइट निर्माण, विकास र नियमित प्राविधिक मर्मत–सम्भारमा सहकार्य गर्नेछ।

    त्यस्तै, विद्यार्थी तथा प्राध्यापकहरूका लागि Programming, AI Tools तथा Digital Skills सम्बन्धी छोटो अवधिका विशेष तालिम तथा कार्यशाला सञ्चालन गरिनेछ। कलेजले सिफारिस गरेका योग्य विद्यार्थीलाई प्रयोगात्मक इन्टर्नसिप, मेन्टरसिप तथा प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था पनि सम्झौतामा समेटिएको छ।

    कलेजका अनुसार यस सहकार्यबाट विद्यार्थीले अध्ययनसँगै सूचना प्रविधिको क्षेत्रमा व्यावहारिक अनुभव, नयाँ सीप तथा उद्योगमैत्री ज्ञान हासिल गर्ने अवसर पाउनेछन्। बदलिँदो प्रविधिको आवश्यकता र रोजगारी बजारअनुसार विद्यार्थीलाई थप दक्ष बनाउने उद्देश्यले सहकार्य अघि बढाइएको कलेज प्रशासनले जनाएको छ।

    वेस्टर्न मेगा कलेजले विगत १३ वर्षदेखि स्नातक तहमा बीएचएम कार्यक्रम सञ्चालन गर्दै आएको छ भने यस वर्षदेखि चारवर्षे बीआईटी कार्यक्रमसमेत सुरु गरेको जनाएको छ। शैक्षिक वर्ष २०८३ का लागि स्नातक तहमा चारवर्षे BIT, BHM तथा स्नातकोत्तर तहमा दुईवर्षे MBA कार्यक्रममा भर्ना खुला रहेको कलेजले जनाएको छ। उत्कृष्ट विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्थासमेत रहेको छ।



    lumbinisanjal   
  • २०८३ भाद्र १, सोमबार १२:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP