• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    रुपन्देहीमा ‘कोडफेस्ट २०२६’ को तयारी तीव्र, वेस्टर्न मेगा कलेज बन्यो गोल्ड स्पोन्सर र मुख्य भेन्यु पार्टनर

    • lumbinisanjal
    • २०८३ असार २५, बिहीबार १४:४३
    585
    SHARES
    रुपन्देहीमा ‘कोडफेस्ट २०२६’ को तयारी तीव्र, वेस्टर्न मेगा कलेज बन्यो गोल्ड स्पोन्सर र मुख्य भेन्यु पार्टनर

    बुटवल । सूचना प्रविधि क्षेत्रमा अध्ययनरत युवाको नवप्रवर्तन क्षमता, सिर्जनशील सोच र व्यावसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले वेस्टर्न मेगा कलेज प्रालि र कोड फर चेन्ज रुपन्देहीबीच ‘कोडफेस्ट २०२६’ सञ्चालनका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

    बिहीबार आयोजित कार्यक्रममा वेस्टर्न मेगा कलेजका प्राचार्य अधिवक्ता किशु शर्मा र कोड फर चेन्ज रुपन्देहीका प्रोजेक्ट लिड दीपेश पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। यससँगै वेस्टर्न मेगा कलेज ‘कोडफेस्ट २०२६’ को रुपन्देही प्रादेशिक चरणको आधिकारिक गोल्ड स्पोन्सर तथा मुख्य भेन्यु पार्टनर बनेको छ।

    सम्झौताअनुसार कलेजले ह्याकाथन सञ्चालनका लागि सेमिनार हल, कन्फरेन्स कक्ष, उच्च गतिको इन्टरनेट, २४सै घण्टा विद्युत् आपूर्ति, प्रिन्टिङ सुविधा लगायत आवश्यक सम्पूर्ण प्राविधिक पूर्वाधार उपलब्ध गराउनेछ। साथै कार्यक्रम अवधिभर सहभागी, आयोजक, मेन्टर र निर्णायकसहित करिब ७० जनाका लागि सुरक्षित आवास (ओभरनाइट लजिङ) तथा करिब ८० जनाका लागि दुई दिनसम्म खाना र खाजाको व्यवस्थासमेत कलेजले गर्ने जनाएको छ।

    आयोजकका अनुसार आगामी श्रावणको दोस्रो सातामा अभिमुखीकरण (ओरियन्टेसन) कार्यक्रम सञ्चालन गरिनेछ भने श्रावण १६ र १७ गते मुख्य ह्याकाथन प्रतियोगिता वेस्टर्न मेगा कलेज परिसरमा आयोजना हुनेछ।

    प्राचार्य किशु शर्माले सूचना प्रविधि, नवप्रवर्तन र डिजिटल उद्यमशीलतालाई प्रवर्द्धन गर्दै विद्यार्थीलाई रोजगारमुखी, दक्ष र प्रतिस्पर्धी बनाउन यस्ता कार्यक्रमलाई कलेजले निरन्तर प्राथमिकता दिँदै आएको बताए।

    वेस्टर्न मेगा कलेजले विगत १३ वर्षदेखि स्नातक तहमा बीएचएम कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसै शैक्षिक सत्रदेखि कलेजले चारवर्षे बीआईटी कार्यक्रमसमेत सुरु गरेको छ, जसले सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा थप योगदान पुग्ने विश्वास गरिएको छ।



    lumbinisanjal   
  • २०८३ असार २५, बिहीबार १४:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP