• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    माछा मार्ने क्रममा पाल्पामा एक बालकको ज्यान गयो

    • lumbinisanjal
    • २०८१ चैत्र १३, बुधबार १४:३६
    2.4K
    SHARES
    माछा मार्ने क्रममा पाल्पामा एक बालकको ज्यान गयो

    पाल्पा, १३ चैत ।  माछा मार्ने क्रममा पाल्पाको तिनाउमा एक जनाको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका– ५ चर्चरेका लालबहादुर रास्कोटीका १३ वर्षीय छोरा सुरेश रास्कोटीको डुम्रे खोलामा माछा मार्ने क्रममा बुधबार दिउँसो ढुङ्गाले च्यापिएर मृत्यु भएको हो ।

    कालीमाटी स्थित डुम्रे खोलामा माछा मार्न गएका उनलाई ढुङ्गाले च्यापेको थियो । प्रहरी चौकी प्रभासबाट  खटेको प्रहरीको टोलीले उनलाई उद्धार गरी उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास  पठाएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले लुम्बिनिसञ्जाललाई जानकारी दिए ।

    घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     



    lumbinisanjal   
  • २०८१ चैत्र १३, बुधबार १४:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP